नेभिगेशन
कला/शैली

सिड्नीमा तिरिमिरी नाइट

सिड्नी । नेपाली गीत संगीतको दुनियामा नेपाली गीतका पारखीहरुलाई भरपुर मनोरञ्जन दिने हेतुले यहि अगस्त १३ तारिख शनिवारका दिन सिड्नीमा तिरिमिरी नाइट हुने भएको छ । हार्मोनी सारेगमको प्रस्तुतीमा सिडनीको यसफील्ड टाउन हलमा अष्ट्रेलीयाबाटै आफनो सांगीतीक गतिलाई अगाडी वढाइरहेका गायक हरुको प्रस्तुती हुने भएको छ । तिरीमीरी नाइको लागी अष्ट्रेलीयामा रहेका गायकहरु समीर आचार्य, सैलेश शर्मा, सुवास लामीछाने र संजीव पराजुलीले जोडदार प्रस्तुती दीने छन भने युटुयुव क्वीन निक्की कार्की यसै कार्यक्रको लागी अमेरीकावाट अष्ट्रेलीया आउने भएकी छीन । कार्यक्रमा नृत्यको प्रस्तुती अष्ट्रेलीयाकै नृत्य ग्रुप नेपीन्डोको हुने तय भएको छ । पछिल्लो समयमा सिडनी लगाएत अष्ट्रेलीयाभरी नै नेपाली कार्यक्रमहरु नीकै उल्लासमय वनायर प्रस्तुत गर्ने गरे पनि प्राय कार्यक्रमहरुमा साउन्डको कमजोरी देखीएका हुन्छन यसै कुरालाई मध्यनजर गर्दै पूर्ण मनोरञ्जको साथमा लाइटिंग र साउन्डमा आयोजकहरु निकै ध्यान दिएको जानकारी आएको छ । समीर आचार्य र निक्की कार्कीको लगातार २ वर्ष २ वटा गीतहरु "हैन भन्देउ न माया हैन भन्देउन" र "दुनीया वेग्लै छ" ले नेपाली सांगीतीक आकाशमा धमाका मच्चाइसकेको छ भने गायक संजीव पराजुलीले नेपाली सुगम संगीतमा आफनो नाम ठुलै अक्षरले लेखाइसकेका छन । "भिलमील झिलमील" र "चाहनामा म तिम्"रो जस्ता ओजन भएका गीतहरुले श्रोताको मन जीतीसकेका छन । त्यसै गरी "तिमी हीडने वाटो भरी" र "मदहोसी भए म" जस्ता गीतहरुले गायक शैलेस शर्मा पनि मन मनमा वस्न सफल भएका छन । गायक सुवास लामीछानेको निकै मौलीक प्रस्तुती हुने कार्यक्रमलाई पूर्णरुपमा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरीने छ । । उक्त कार्यक्रममा सिड्नीका सम्पूर्ण नेपाली समुदायहरुलाई उपस्थिति जनाइदिनु भई नेपाली गीत संगीतलाई माया गरिदिनुहुन पनि गायक समिरले आग्रह गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्