नेभिगेशन
व्यक्ति/व्यक्तित्व

समुदायसँग नाता जोड्दै सुरेन्द्र

कृष्ण तिवारी मध्यम कद, फूर्तिलो शरिर अनि हँसिलो मुहार । आजभन्दा झण्डैं २० वर्षदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका उनी पेशाले शैक्षिक परामर्शदाता अर्थात नमस्ते माइग्रेसन एजुकेसनका डाइरेक्टर । तर उनको पहिचान आज त्यो भन्दा पृथक छ, उनी नेपाली समुदायमा नजिकबाट चिनिएका पात्र हुन्,– सुरेन्द्र सिग्देल एनआरएन अस्ट्रेलियाका अध्यक्ष । आफ्नो व्यवसाय र परिवारलाई दिने समयलाई व्यवस्थित गर्दै समयले भ्याएसम्म उनी नेपाली समुदायमा हुने विविध कार्यक्रममा पुगेकै हुन्छन् । तनहुँको अरुणोदय गाविसस्थित किहुँमा मध्यम परिवारमा जन्मिएका सिग्देल तीन दाजुभाईमध्ये कान्छो छोरा थिए । सिग्देलका बुवा रेवतीरमण स्थानिय समाजसेवी थिए । प्रधानपञ्च हुँदैं गाविस सचिवसम्म भएर स्थानिय जनसमुदायमा मन जितेका रेवतीरमण आफ्ना सन्ततिलाई शिक्षाप्रति तिब्र चासो राख्थ्ये । सिग्देलले अध्ययनका लागि रामैं्र वातावरण पाए । कृषक पृष्ठभूमिको परिवारका कारण पढाईका अलवा घरपरिवारलाई घरायसी काम सघाउँनु उनको दैनिकी नै थियो । प्रारम्भिक शिक्षा गाउँकैं अरुणोदयबाट लिएका सिग्देलले सिदार्थ माविबाट प्रवेशिका पास गरे । विसं २०४० सालमा प्रवेशिका पास गरेका सिग्देलको वकिल बन्ने ठुलो सपना थियो । तर सोचेजस्तो हुन्न जीवन भनेझैं प्रवेशिकापछि व्यवस्थापन विषय लिएर पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भए । स्कुल तहमा पढाई स्तर मध्यम नै थियो । २०४६ सालतिर बि कम उत्र्तिण गरे । व्याचलर्स सकेपछि स्याङजाको पिताम्बर माविमा झण्डैं डेढ वर्ष अध्यापन गराउन थाले । वाल्यकालदेखि नै सिग्देल अलि जिज्ञासु प्रवृतिका थिए । गाउँमैं अध्यापनमा रमाउन थालेका सिग्देलले आफ्नो पढाईलाई निरन्तरता दिन काठमाडौं पुगे । मिनभवन क्याम्पसमा व्यवस्थापन विषयमा मास्टर्स भर्ना भए । अवसरलाई पछ्याउँन सफल सिग्देलले बिचैमा पढाई रोकेर कोरिया पुगे । टुरिष्ट भिषामा कोरिया पुगेका सिग्देलले डेढ वर्ष बिताए । जीवनको उकाली ओरालीमा धेरै हण्डर खादैं अनि अनुभव बटुल्दैं पुनः नेपाल फिरे । आफ्नो अवरुद्ध मास्टर्सको अध्ययनलाई निरन्तरता दिर्दै कार्पेटको व्यवसाय थाले । नेपाली कार्पेटले विश्वबजारमा राम्रो बजार लिदैं थियो तर त्यति नै वेला कार्पेट कारखानामा वालमजदुरको श्रम शोषण भएको खबर एकाएक विदेशी मिडियामा छायो । उक्सदैं गरेको कार्पेट व्यवसाय नकारात्मक समाचारपछि विश्वबजारमा नेपाली कार्पेटको माग निकै कम हुन थाल्यो । कयौं कार्पेट व्यवसाय धरासायी हुन पुगे । करिब दुई वर्षपछि उनले कार्पेट व्यवसाय नै छाडे । जीवनमा अरु विकल्प खोज्न थाले । नभन्दै नेपालीहरुको सपनाको देश अमेरिकामा सन् १९९६ मा पुगे । तस्वीरमा देखिएका ठूलाठूला महलले लोभिएका सिग्देलको सपना न त कोरियामा पुरा भयो न त अमेरिकामा नै । जता पुगे पनि जीवन एउटा सघर्षमय यात्रा नै लाग्यो उनका लागि । अमेरिका केहि आफन्त भएका कारण जीवन अलि सहज त भयो तर सिग्देलका दाँत हाँसेपनि आँत हाँस्न भने सकेन । अस्ट्रेलियाको यात्रा सुरुमा अमेरिकामा नै उच्च शिक्षा अध्ययनको प्रक्रिया थालनी गर्न तम्सीए तर प्रक्रिया त्यति सहज भएन । अनि आफ्नो यात्रालाई उनले अस्ट्रेलियातिर मोडे । उनले अमेरिकाबाटै अस्ट्रेलियामा उच्च शिक्षाको लागि आवेदन हाले । सन् १९९७ मा द्यचष्मनभ द्यगकष्लभभकक ऋयििभनभ मा द्यगकष्लभकक क्ष्ल म्ष्उयिmब अध्ययनका लागि आए । सोही कलेजबाट उनले ह्यूमन रिसोर्स म्यानेजमेन्ट विषयमा एड्भान्स डिप्लोमा पनि सके । पछि सिग्देलले ःबअत्रगबचष्भ ग्लष्खभचकष्तथ मा ःबकतभच या ऋयmmभचअभ थाले । करिब ३ वर्षपछि आफ्नो मास्टर्स कोर्ष सके । विद्यार्थी अवस्थामा सिग्देलले कामलाई कहिल्यै सानो ठूलो भनेनन् । क्लिनिङ, कस्टमर सर्भिसदेखि ट्याक्सी ड्राइभर भएर सबै कामको अनुभव संगाले । तर ःबअत्रगबचष्भ ग्लष्खभचकष्तथ को अध्ययन सकिन लाग्दा भने एउटा अमेरिकी कम्पनीमा असिस्टेन्ट एकाउन्टिङको काम थाले । पछि एकाउन्टेन्टमा पनि भए । झण्डैं चार वर्ष त्यही कम्पनीमा काम गरे । तर आफ्नो प्रोमोसनको वेलामा अरु व्यक्ति कम्पनीले नियुक्ति गर्यो । त्यसपछि सिग्देललाई सोही कम्पनीमा काम गर्न असहजता महसुस भयो । जागिर छाडेपछि सिग्देलले फाइनान्स सम्बन्धि ट्रेनिङ र माइग्रेसन कोर्ष अध्ययन थाले । अध्ययनको वेला साइड जबमा उनी ट्याक्सी चलाउँथे । विद्यार्थी अवस्थामा आफुले भोगेका कठिनाई र समस्यालाई नेपाली विद्यार्थीहरुमा माझ पस्किने हेतुले उनले कन्सल्टेन्सी व्यवसाय खोल्ने सोच राखे । सन् २००८ मै उनले नेपालमा नमस्ते माइग«ेसन खालेर विद्यार्थीहरुलाई शैक्षिक परामर्शको सेवा दिन थालिसकेका थिए । सिड्नीमा भने सन् २००९ बाट शैक्षिक परामर्श सेवाको थालनी गरे । सुरुमा टाउनहलको पिट स्ट्रीटबाट आफ्नो व्यवसाय थालनी गरेका सिग्देलले अहिले ४४७ केन्ट स्ट्रीटमा अवस्थित आफ्नै स्वामित्वमा रहेको अफिसबाट शैक्षिक परामर्श र माइग्रेसनका सम्पूर्ण सेवाहरु दिदै आएका छन् । समाजसेवा र जीवन समाजसेवामा उनको लगाव सानै देखिको हो । सिग्देलका बुवा गाउँमा कहलिएका समाजसेवी थिए । बुवाकै प्रेरणाबाट वाल्यकालदेखिनै समाजमा भिज्न अनि सकेको सहयोग गर्न मन पराउने स्वभाव थियो उनको । प्रजातन्त्रवादी आस्थाका सिग्देल अरुलाई परेको अन्यायमा त्यसै मुुकदर्शक भएर बस्न सक्दैनन् । सिग्देल भन्छन्– समाजसेवाबाट पाउने खुसी अतुलनिय छ । व्यवसाय अनि परिवारलाई दिने समय छुट्याएर नेपाली समुदायका प्रायः कार्यक्रममा समयले भ्याएसम्म सहभागि हुन रुचाउँछन् उनी । सन् १९९८ मा स्थापना गरिएको एनएडिएफका उनी सस्थापक सदस्य पनि हुन् । सन् २००० र सन् २०१२ मा उनी सोही संस्थाको अध्यक्ष बने । अहिले उनी सल्लाहकार छन् साथै तनहुँ समाज अस्ट्रेलियाको पनि । एनआरएन अस्ट्रेलियामा दुई पटकसम्म कार्यकारणी सदस्य रहेका सिग्देल एक पटक एनआरएनको आइसीसी सदस्य समेत बने । नेपाली समुदायमा नजिकबाट भिज्दै आएका सिग्देल सन् २०१५–२०१७ कार्यकालको लागि एनआरएन अस्ट्रेलियाका अध्यक्ष बन्न सफल भए ।Screen Shot 2016-07-14 at 9.53.34 AM अध्यक्ष पदमा आसिन भएपछि एनआरएनएले विद्यार्थीको कल्याणकारी कोषको लागि स्थापना गरेको कोषमा अर्थ संकलनको लागि वक फर वेलफेयरको सफल आयोजना गर्न सफल भएको छ । त्यस्तै प्रत्येक दुई वर्षमा हुने नेपाल फेस्टिझलको लागि तयारी तिब्र पार्दैछ । उनी भन्छन्– नेपाल फेस्टिझल नेपाली कला, संस्कृतिलाई जर्गेना गर्दै नेपालीहरु बीच एकता र भाइचारा बढाउनुका साथै विदेशीलाई नेपाल चिनाउने अवसरको रुपमा लिएका छौं । यसपाली अझ बृहत्तर रुपमा गर्ने योजना बुनेका छौ । जीवनलाई सिग्देलले एक यात्राको रुपमा लिएका छन् । भन्छन्– यात्रामा कहिले सुख त कहिले दुख हुन्छ नै तरपनि चुनौतिको सामाना गर्दै अगाडि बढ्न सक्नु सार्थक जीवन हो । जीवनमा सुखी हुन सकारात्मक सोचाई चाहिने सिग्देल बताउँछन् । आफ्नो सफल जीवनको श्रेय जीवनसंगीनी सरितालाई दिन्छन्, उनी । आफुलाई भाग्यमानी ठान्छन् सिग्देल । जीवनको यात्रामा सधैं अगाडि बढेका सिग्देललाई कर्मभूमि अस्ट्रेलिया रोजेकोमा कुनै पछुतो छैन । तर कहिलेकाही भने गाउँघरतिरका आफन्त, इष्टमित्र, साथीभाई र गाउँले जीवनको यादले नसताउने भने होइन् । गाउँ भएको वेला गाउँकै विद्यालयमा केही सहयोग पनि गर्दै आएका छन् । सिग्देलले अध्ययन गरको विद्यालयमा अझ बढी बृहत्तर रुपमा सहयोग गर्ने सोच बनाएका छन् । सन् १९९८ मा सरितासँग मागी विवाह गरेका सिग्देलका दुई छोरीहरु स्तुती र सम्पदा छिन् । सरिता घरपरिवार सम्हाल्दै फुल टाईम काम समेत गर्छिन् । सिग्देल जीवनसंगीनीप्रति गर्व गर्दै भन्छन्– आज म जुन ठाउँमा छु, त्यो सरिताकै निरन्तर साथ र हौसला नै हो । फुर्सतमा साथीभाई तथा परिवारसँग रमाउँन चाहाने सिग्देल उच्च शिक्षाको लागि अस्ट्रेलिया आउने नयाँ पुस्तालाई पहिला आफ्नो उद्धेश्यमा केन्द्रित हुन सल्लाह दिन्छन् । उनी भन्छन्– विदेश जता गएपनि सजिलो छैन् । तर लगनशील र धैर्यता अपनाइयो भने जीवनको लक्ष्यमा ढिलो चाढो अवश्य पुगिन्छ । नेपालबाट अध्ययन गर्न आउँदा सबै अरुको विश्वासमा मात्र नपरेर आफै पनि रिसर्च गरि विषय, विश्वविद्यालय, शुल्क आदिका वारेमा जानकारी लिए श्रयकर हुने उनी बताउँछन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्