नेभिगेशन
नेपाल समाचार

प्रचण्ड अस्ट्रेलिया आउँदैं यस्तो छ भ्रमण तालिका

सिड्नी । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल्ऽ दाहाल प्रचण्ड करिब एक हप्ताका लागि अस्ट्रेलिया भ्रमणमा आउने भएका छन् । नेकपा माओबादीको भातृ संगठन नेपाल्ऽी जनप्रगतीशिल मञ्चको तेस्रो अधिवेशनको कार्यक्रममा सहभागी हुन उनी अस्ट्रेलिया आउन लागेका हुन् । जुन २३ तारिखमा प्रचण्ड मेलवर्नमा अवतरण गर्नेछन् । भने त्यही दिन उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेकोछ भने २४ तारिखमा सिड्नी आउने कार्यक्रम छ । २५ गते सिड्नीमा हुने कार्यक्रमा उनी प्रमुख अतिथि हुनेछन् भने २६ तारिख आइतवार एनआरएन अस्ट्रेलियाले एक रात्री भोजको आयोजना गर्ने भएको छ । नेपाली समाज अस्ट्रेलियाको बैठकले उनको भ्रमण ब्यक्तिगत भएपनि पुर्व प्रधानमन्त्रीको रूपले अष्ट्रेलियाका नेपाली समाजले सामूहिक रुपमा आफ्ना कुराहरू राख्ने निर्णय गरेको छ ।M_Id_47616_prachanda जनप्रगतिशित मन्चले बिहिवार (१६ तारिख) आयोजना गरेको एक कार्यक्रममा बोल्दै एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देले पार्टीको कार्यक्रम भएपनि नेपाल्ऽको पुर्व प्रधानमन्त्री र सत्तासिन दल्ऽका नेताको हैसियतले अस्ट्रेलियाबासीको तर्फवाट केहि औपचारिक बुँदागत माग प्रस्तुत गर्नुपर्ने बताए । कार्यक्रममा नेकपा एमालेको भातृ संगठन ओएनएफका अध्यक्ष रमेश पाण्डले देशमा विद्यमान रहेको समसामयिक समस्या र प्रवासी नेपालीका लगानीका बारेमा ध्यानाकर्षण गर्नुपर्ने सुझाव दिए । त्यस्तै एनएडीएफका अध्यक्ष बालचन्द्र भट्टराईले राष्ट्रियस्तरका नेताका नाताले प्रवासी सबै नेपालीले यस भ्रमण फलदायी बनाउन सघाउँनुपर्ने बताए । दल बिशेषको कार्यक्रममा भाग लिन आएपनि नेपालवाट आउने राष्ट्रिय नेतालाई स्वागत र सम्बोधन गर्नु हरेक नेपालीको दायित्व भएकोेले यस्तो कार्यक्रमको आयोजना गरिनुपर्ने भट्टराईले सुझाए । कार्यक्रममा जनजातिका नेता गणेश तामाङ प्रचन्डको भ्रमण सबैको लागि स्वागतयोग्य भएपनि राजुदतावासल्ऽे भने आफ्नो परराष्ट्रसम्वन्धी कर्तब्य पुरा नगरेकोमा गुनासो गरे । कार्यक्रममा एनआरएनए अष्टेलियाका उपाध्यक्ष दिनेश पोखरेलले प्रबासी नेपालीहरुको चाहना देश समृद्ध होस् भन्ने नै हो भन्दै नेपालमा राजनीतिक स्थिरतामा जोड दिनुपर्ने सुझाव दिए । जनप्रगतीशिल्ऽ मन्चको आयोजनामा भएको कार्यक्रममा एनअरएनका प्रवक्ता ज्ञानेन्द्र रेग्मी , मन्चका संयोजक शेषमणी शर्मा , सहसंयोजक हिमलाल गैरे, सिड्नी युनिभर्सिटीका प्राध्यापक डा. कृष्ण कुमार श्रेष्ठ, मोम बिश्वकर्मा लगायतले भ्रमणका बिषयमा आआफ्ना धराणा राखेका थिए । अस्ट्रेलिया भ्रमणका वेला प्रचण्डले स्थानीय राजनितीक दलका नेता र विभिन्न मुलुकमा राजदुतहरुसँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको बताए । मञ्चले भ्रमणका क्रममा प्रचण्डलाई यहाँको स्थानीय कृषि फार्म , बिकास निमार्ण, सार्वजनिक रेल तथा बसमा यात्रा गराएर यहाँको विकासको पूर्वाधारका विषयमा प्रत्यक्ष अवलोकन गराउने जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्