नेभिगेशन
व्यक्ति/व्यक्तित्व

कर्मसँगै समुदायमा भट्टराई

कृष्ण तिवारी आज भन्दा झण्डै २० वर्षअघि अस्ट्रेलिया आएका बालचन्द्र भट्टराई पेशाले राइट एण्ड एसोसियट्स शैक्षिक परामर्शदाताका डाइरेक्टर हुन् । सन् १९९६ मा उच्चशिक्षा अध्ययनका शिलशिलामा अस्ट्रेलियाको सिड्नी आइपुगेका भट्टराईले आफ्नो ज्ञान, सीप र अनुभवलाई नेपाली समुदायलाई निरन्तर रुपमा पस्किदै आएका छन् । दुखसुखको अनुभव सँगाल्दै अस्ट्रेलियालाई कर्मभूमि बनाएकोमा उनी सन्तुष्ट छन् । शैक्षिक परामर्शदाताको कामसँगै समयले साथ दिएसम्म नेपाली समुदायमा घुलमिल हुन रुचाउने भट्टराई नेप्लीज अस्ट्रेलियन डोमोक्र्याटिक फोरम( एनएडिएफ) का वर्तमान अध्यक्ष समेत हुन् । आजभन्दा करिब ४० वर्षअघि चितवनको भरतपुरस्थित यज्ञपुरीमा मध्यम वर्गीय किसान परिवारमा जन्मेका भट्टराईले कक्षा सात सम्मको अध्ययन लक्ष्मी मावि लंकुबाट सके । त्यसपछि प्रेमवस्ती माविमा अध्ययन गरेका भट्टराईले विसं २०४५ सालमा प्रवेशिका परिक्षा दिए । परिवारमा दुई छोराहरु मध्ये उनी जेष्ठ सुपुत्र थिए । बुवाआमा अशिक्षित भएपनि शिक्षाको ज्योतिले भरिएको थियो उनको परिवार । परिवारमा पढाईलाई विशेष प्राथमिकतामा राख्ने गरिन्थ्यो । त्यसैले पनि उनले घरायसी काम भन्दा अध्ययनतिर बढी समय दिए । तरपनि भट्टराईले खेतीपातीको सिजनमा बुवाआमालाई सघाउनु आफ्नो कर्तव्य सम्झन्थ्ये । कक्षामा भट्टराई मेधावी विद्यार्थीमा गनिन्थ्ये । कहिले प्रथम त कहिले द्वितिय हुने भट्टराई पढाईमा तीब्र लगाबकै कारण प्रवेशिका परीक्षामा प्रथम श्रेणीमा उत्र्तिण भए । सुनौलो सपना बोकी उच्चशिक्षा अध्ययनको लागि उनी काठमाडौं आए । वाल्यकालमा इन्जिनियर बन्ने ठुलो धोको थियो । आफ्नो लक्ष्यलाई पछ्याउन काठमाडौको अस्कल क्याम्पसमा विज्ञान विषयमा आइएस्सीमा भर्ना भए । विसं २०४८ सालमा राम्रै अंक ल्याएर आइएस्सी पनि सके । आइएस्सी सकेपछि पुल्चोक क्याम्पसमा इन्जिनियरिङमा आवेदन दिए । तारादेवीको गीत...सोचे जस्तो हुन्न जीवन...... भनेझैं जीवन सबै आफुले सोचे जस्तो कहाँ हुन्थ्यो र ? भट्टराईको जीवनमा तारादेवीको यही गीत मेल खान पुग्यो । अपसोच इन्जिनियरिङमा नाम निकाल्न उनी असफल भए । त्यतिवेला सरकारी क्याम्पस बाहेक अरु प्राइभेट क्याम्पसमा इन्जिनियरिङ विषय अध्ययन हुंदैनथ्यो । नाम ननिस्किए पनि उनले कुनै हरेश खाएनन् । आफ्नो अध्ययनलाई निरन्तरता दिदैं अस्कल क्याम्पसमा बिएस्सी अध्ययन थाले । सधैं घरबाट पैसा ल्याएर अधययन गरेका भट्टराईले अब आफैं केही गरि गुजारा चलाउने सोच बनाए । पढाईमा पोख्त रहेका उनले टिचिङ पेशा अपनाउने विचार गरे अनि वाग्मती वोडिङ स्कूलमा पढाउन थाले । बोडिङको जागिर खादैं आफ्नो अध्ययनलाई निरन्तरता दिदैं गए । त्यसो त उनी स्कुले जीवनदेखि नै डोमोक्र्याटिक विचारधारा अभियानकर्ता थिए । उनको परिवार पञ्चायती शासनका विरुद्ध खुलेरै लागेका थिए । आफ्नो विचारधारालाई आत्मसाथ गर्दै क्याम्पसमा केही राजनीतितिर पनि छिरे । विसं २०४९ सालमा अस्कल क्याम्पसमा नेविसंघबाट स्ववियू चुनावमा सदस्य लडे तर जित्न भने सकेनन् । अस्ट्रेलियाको यात्रा बिएस्सी उत्र्तिण पश्चात भट्टराई एमएस्सीमा गणित विषय लिएर त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा अध्ययन थाले । गणित उनको रुचिको विषय थियो । नेपालमा पढ्दा पढ्दै विदेश गएर उच्च शिक्षा लिने अभिलाषा उनमा बढ्दै गयो । घरपरिवारमा आफ्नो विदेश जाने चाहना जाहेर गरे । बुवाआमाले छोराको इच्छाको कुनै नाइनास्ती विना समर्थन जनाए । त्यतिवेला आइएस्सीसगैं पढेका केही साथीहरु उच्च शिक्षाको लागि अस्ट्रेलिया आइसकेका थिए । साथी मार्फत अस्ट्रेलियाका वारेमा केही कुरा बुझे । अस्ट्रेलिया विद्यार्थीहरुका लागि राम्रै भएको जानकारी पाएपछि साथीहरुकै सल्लाह अनुरुप उनी सन् १९९६ मा अस्ट्रेलिया आइपुगे । ःबचचष्अपखष्ििभ जगचकितयलभ उबचप दगकष्लभकक अयििभनभ मा डिप्लोमा इन कम्युटर एप्लीकेसन अध्ययनका लागि सिड्नी आइपुगेका भट्टराईलाई अस्ट्रेलियाका बारेमा खासै राम्रो जानकारी थिएन् । न त आजभोली जस्तो संचारप्रविधिको विकासले सूचना पाउने वातावरण नै थियो । तैपनि आत्मबल बोकेर सुनौलो सपना बुन्दै अस्ट्रेलियाको यात्रा तय गरे । bal 3 शुरुवातका दिनहरु सघर्षपूर्ण रुपमा नै विते भट्टराईका । न त आजभोलीको जस्तो नेपालीको नेटवर्क, न त काम खोज्न इन्टरनेट वा फोनको सहजता र सुविधा । त्यतिवेला नेपालीहरुको संख्या अस्ट्रेलियामा निकै न्यून थियो । कामको खोजीमा केही सास्ती बेहोरे । विद्यार्थी जीवनमा उनले कामलाई कहिल्यै सानो–ठूलो नभनी सबै कामको अनुभव बटुले । सुरुमा एक वर्षको कोर्षमा अस्ट्रेलिया आएका भट्टराईले पछि सन् १९९७ मा एड्भान्स डिप्लोमा इन म्यानेजमेन्ट अध्ययन थाले । सन् १९९८ मा विवाहको लागि नेपाल पुगे । पछि फर्केर सन् १९९९ मा सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालयबाट व्याचलर्स इन आई टी सुरु गरे । पढाईमा अब्बल रहेका भट्टराई डिस्ट्रिङसन पोजिसनमा सन् २००१ मा बिआईटी सके । यही वर्ष अस्ट्रेलियाको पिआर लिन सफल भए । त्यसपछि भट्टराईले आफ्नो जीवनमा केही कोल्टे फेर्न सफल भए । आफु विद्यार्थी हुँदा आफूले भोगेका अनुभव अनि आर्जन गरेको ज्ञानलाई सदुपयोग गर्ने सोचमा थिए उनी । केही वर्ष अन्य काममा रुमल्लीए । तर मन त्यति खुसी भएन । सन् १९९५ तिर नै अस्ट्रेलिया आएका पिआर अधिकारीले सन् २००९ बाट राइट एण्ड एसोसियट्स शैक्षिक परामर्श संचालनमा ल्याइसकेका थिए । भट्टराई पनि उनीसँगै सहयात्रा गरेर अगाडि बढ्न तयार भए । अनि सन् २०१० बाट राइट एण्ड एसोसियट्स शैक्षिक परामर्श केन्द्रमा आबद्ध हुन पुगे । ।सुरुमा मार्टिन प्लेसबाट आफ्ना सेवाहरु दिदै आएको सो कन्सल्टेन्सीले ीष्खभचउयय िक्तचभभत हँुदै हाल आफ्नै स्वामित्वमा घण्ज्ञ अबकतभिचभबनज कतचभभत बाट सेवाहरु आफ्ना सेवाग्राहीहरुलाई पस्कदै आएको छ । माइग«ेसन सेवा, शैक्षिक परामर्श, एकाउन्टिङ सेवा, प्रोफेसनल इयर लगायतका विविध सेवाहरु दिदै आएको सो कन्सल्टेन्सीले मेलबर्नमा समेत आफ्नो शाखा विस्तार गर्ने भएको छ । भने भविष्यमा अन्य सबै राज्यहरुमा विस्तारै आफ्ना शाखाहरु लैजाने योजना बुनेको भट्टराई बताउँछन् । विद्यार्थीहरुको मन जितेकै कारण राइटले आफ्नो साख बढाउँदै गएको छ । काठमाडौं लगायत भरतपुरमा समेत शाखा रहेको सो कन्सल्टेन्सीले भावी दिनमा पोखरा, बुटबल लगायत अन्य शहरहरुमा समेत शाखा विस्तार गर्ने सोच बनाएको छ । आफ्नो सफलताको रहस्य बताउँदै भट्राई भन्छन्– “सबैभन्दा ठुलो कुरा गुणस्तरीय सेवा र विश्वास नै हो । पैसाका लागि विद्यार्थीको भविष्यसँग कहिल्यै खेलवोड गर्नु हँुदैन् । विद्यार्थीहरुले कुनै पनि निणर्य लिँदा सबै अरुको कुरामा मात्र भर नपरेर आफैं पनि रिसर्च गर्नुपर्छ ।” समाजसेवा र जीवन जीवन भनेकै एउटा यात्रा हो । जीवनलाई उनी सिक्ने र सिकाउने प्रक्रियाको रुपमा लिन्छन् । सुखमा नमात्तिने अनि दुःखमा नआत्तिने सफलताको मुल मुल मन्त्र पनि हो उनको । समयले भ्याएसम्म समुदायका कार्यक्रममा उपस्थिति जनाउँछन् उनी । आफुले सकेको सहयोग गर्न पाउँदा मन खुसीले प्रफुल्लीत हुन्छ । एनएडीएफ संस्थासँग आवद्ध रहेका भट्टराई सदस्य, महासचिव हुँदैं हाल अध्यक्ष छन् । एनआरएन अस्ट्रेलियाको सन् २०११–२०१३ को कार्यकालमा कार्यसमितिका सदस्य रहेर नेपाली समुदायमा आफ्नो सीप र अनुभव पस्किसकेका छन् । हाल उनी एनआरएनएको आइसीसी सदस्य समेत हुन् । bal 31 सन् १९९८ मा तनहुँ पुख्र्याली घर भएकी सिता न्यौपानेसँग विवाहबन्धनमा बाँधिएका भट्टराईको यो मागी विवाह थियो । आफन्तजन बीच कुराकानी चलेपछि माइक्रोवाइलोजी अध्ययनरत सीतालाई हेर्न पुगे भट्टराई । केही छिनको गफगाफपछि अन्नत दुवै जनाले एक अर्कालाई मन पराएर विवाह गर्ने टुङगोमा पुगे । भट्टराई भन्छन्– सीता नै मेरो पहिलो छनौटमा परिन् । भट्टराई परिवारमा दुई छोरीहरु शिला र शिवानी छन् । आफ्ना छोरीहरुको पढाईप्रति भट्टराई दम्पत्ति निकै खुसी छन् । आफ्नो जीवनको सफलताका श्रेय जीवनसंगीनी सीतालाई दिन्छन् उनी । भन्छन्– मलाई हौसला र प्रेरणा दिने मेरी जीवनसगीनी नै हुन् । यहि प्रेरणा अनि साथले जीवनमा कहिल्यै पछाडि फर्केर हेर्नु परेको छैन । उनकी जीवनसंगीनी घरपरिवारको रेखदेखसँगै सिड्नी स्थित एक अस्पतालमा रजिष्ट्रार नर्सको रुपमा कार्यरत छिन् । फूसर्तको समयमा पुस्तक अध्ययन र साथीभाईसँगको भेटघाटमा रमाउन चाहने भट्टराई सफल जीवनको लागि सकारात्मक सोचाई राख्नुपर्ने बताउँछन् । उनी भन्छन्– जीवनमा खुसी नै ठुलो कुरा हो । हरेक पल स–साना उपलब्धिमा समेत खुसी रहन सक्नु पर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्