नेभिगेशन
नेपाल समाचार

द्वन्द्वपीडित पत्रकारका बालवालिकाका लागि सिड्नीमा प्रेस फ्रिडम डे मनाइने

सिड्नी । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल न्युज अस्ट्रेलियाले यही मे ७ तारिख शनिबारका दिन सिड्नीमा विचार गोष्ठी एवम् डकुमेन्ट्री प्रदर्शनीसहित गालाडिनर कार्यक्रम गर्नेभएको छ । नेपालको सशस्त्र द्वन्द्वमा परेका पत्रकारहरुको बालबच्चाको शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्ने उद्देश्य राखेर गर्न लागिएको उक्त च्यारिटेवल कार्यक्रममा पत्रकार जगत नेपालद्वारा निर्देशित एवम् निर्मित डकुमेन्ट्री ुज्ष्वबअपष्लन ायच म्झयअचबअथु को प्रदर्शनीका साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । नेपाल न्युज अस्ट्रेलियाका अनुसार द्वन्द्वका वेला नेपाली पत्रकारहरु राज्यपक्ष र विद्रोही पक्षबाट कुनै न कुनै रुपले प्रभावित बने । समाचार लेखेकै आधारमा ज्यान गुमाउनु प¥यो । उनै ती ज्यान गुमाएका पत्रकारहरुको छोराछोरीको शिक्षामा अस्ट्रेलियाबाट सकेको सहयोग गरौँ भन्ने भावनाबाट प्रेरित भएर नै कार्यक्रमको आयोजना गर्न लागिएको बताइएको छ । सिड्नीको ग्रानभिल गुडस्ट्रिटस्थित हिमालयन इण्डियन पाकिस्तानी फङ्शन सेन्टरमा साँझ ५ बजेदेखि १० बजेसम्म हुने उक्त कार्यक्रममा भाग लिन नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र पूर्व अध्यक्ष समीरजंग शाह सिड्नी आउँदैछन् । द्वन्द्वमा मारिएका पत्रकारहरुको परिवारलाई सहयोग गर्नका लागि कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले सबैसँग आग्रह गरेको छ । कार्यक्रमसम्बन्धी थप जानकारीका लागि माधव ०४२३ ४१८ ९३७, कृष्ण ०४०१ ६२१ ५२७, हेमन्त ०४५२ २१३ ७७३, कृष्ण गैरे ०४३४ ०५७७६१
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्