नेभिगेशन
कला/शैली

पोर्चुगलमा मनाइयो नयाँ वर्ष

नेपालीहरुको संख्या दिनप्रतिदिन बाक्लिदै गएको सहर लिस्बोनमा मौसम अलि चिसो भए पनि कलाकारहरुले वातावरण तताऊछ्न भने बिश्वास दर्शकमा थियो । भब्य हलको सजावट देख्दा कता कता नेपालको कुनै गाँउमा मेलाको अवसरको भान हुन्थ्यो । नयाँ बर्ष २०७३ को अवसरमा नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य सञ्चार परिषदको आयोजनामा बिशेष सांस्कृतिक साँझ ्र गायक तथा संगीतकार देव लामाले गर्नु भएको सांस्कृतिक कार्यक्रम संयोजनको उत्कृष्टता कलाकारहरुको प्रस्तुतिले नै झल्किन्थ्यो । हरेक कार्यक्रममा गायन र नृत्य मात्र हेर्ने दर्शक बृन्दले यसपाली अभिनयको अनौठो अनुभूति गरे । समसामायिक तथा सान्दर्भिक चेतनामुलक एकल अभिनयको प्रस्तुतिले दर्शकको माझबाट प्रकट हुँदा चकित थिए किनकी अभिनय थियो पागलको, रङ्गकर्मी अर्जुन जयसवालले भूकम्पको पिंडाबाट गुज्रेका नेपालीहरको ब्यथा बोकेको अभिनय गरेर सबैको मन जिते । प्रमुख अतिथि लिस्बनका लागि अवैतनिक बाणिज्यदुत मकर बहादुर हमालको आगमनसंगै औपचारिक कार्यक्रमको प्रारम्भमा आयोजक संस्थाका अध्यक्ष कुमार श्रेष्ठले सभापतिको आसन ग्रहण गर्नु भएको थियो । पहिलो सत्रको उद्घोषण मिना खरेलले गर्नु भएको थियो । बिभिन्न संघ संस्था, पत्रकार लगायत पोर्चुगलमा बसोबास गर्ने धेरै नेपालीहरुको बाक्लो उपस्थितिमा पोर्चुगिस पहुनाहरू पनि पाल्नु भएको थियो । नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य सञ्चार परिषदको दोस्रो अधिबेशन पनि भएकोले नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक टंक सापकोटाले सपथ ग्रहण गराउनु भएको थियो ्र निर्वाचन समितिमा न्युज २४ का पत्रकार गणेश पाण्डे, प्रवासी नेपाली मंच पोर्चुगलका अध्यक्ष गोबिन्द पौडेल तथा सफल व्यवसायी इटालियन सेफ टंक सापकोटा थिए । नेपाल पोर्चुगल कला संस्कृति तथा साहित्य सञ्चार परिषदको नयाँ कार्य समिति चयन गरेको छ । जसमा अध्यक्षमा नेपाली चलचित्र क्षेत्रका अभिनेता जीके शर्मा, गायक तथा संगीतकार देव लामा बरिष्ठ उपाध्यक्षमा, रङ्गकर्मी तथा फोटोग्राफर अर्जुन जयसवाल तथा गायक गोपाल खरेल उपाध्यक्षमा , त्यस्तै पत्रकार तथा गायक बाबुराम भुसाल महासचिवमा, सचिवमा गायक सुर्य तिवारी , सह(सचिवमा नृत्यान्गना पिंकी श्रेष्ठ , कोषाध्यक्षमा सरु लामा , सह कोषाध्यक्षमा गोपाल न्यौपाने त्यसै गरी सदस्यमा क्रमसस् नृत्य प्रशिक्षक बिनोद मगर, दिपक बुढाथोकी, सृजना श्रेष्ठ, नृत्य निर्देशक संजय लामा, लोक दोहोरि गायिका लालमती गुरुङ, गायिका अनिता पौडेल, गायिका भगवती बस्नेत,आनन्द लामा, बिनय बुढाथोकी, भीमसेन थापा, मिना खरेल, बाँसुरी बादक आशिष परियार, गायिका तथा नृत्यान्गना रश्मी रानाभाट, नरेन्द्र थापा मगर, प्रशान्त पौडेल रहेका छन । 13010103_222467271447162_1744828832_o सोहि अवसरमा पुराना पदाधिकारीहरुलाई सम्मान पत्र प्रदान गरि बिदाई गरिएको थियो । भूकम्प पिडित पत्रकारहरुलाई सहयोग गरे स्वरूप नेपाल पत्रकार महासंघदवार प्रदान गरिएको प्रसंशा पत्र सोहि अवसरमा कुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ्र नेपाली कला, साहित्य, तथा संस्कृतिको उत्थान तथा प्रबर्धनक निम्ति तत्पर कुमार श्रेष्ठलाई कलाकारहरुले पनि बिशेष सम्मान गरेका थिए । बिभिन्न बाध्यवादनको प्रस्तुतिको बीच कलाकारहरुले आफ्नो नृत्य र गायन प्रस्तुत गर्ने पोर्चुगलमा यो पहिलो प्रयाश भएको हो ्र सानी नानी सुरक्षा आलेको नृत्यले यसपाली पनि चर्चा पायो, भगवान भून्जेलको परिपक्क उद्घोषणले कार्यक्रमको उत्कृष्टतामा झन् वृद्धि गरेको थियो ्र देव लामा, आर।जी खरेल, इमान सिंह मगर, लक्ष्मन् रुचाल, सुबाश पुन , हरि बिक्क, आशिष परियारका बाध्यवादन समुह नै धेरै जस्तो प्रस्तुतिको प्राण थियो भन्दा फरक नपर्ला ्र ‘अनयुजल सुस्पेक्ट’ तथा पोर्चुगिस ब्याण्डको प्रस्तुतिले दर्शकलाई भरपुर्ण मनोरञ्जन दिलायो । त्यसै गरी लोक दोहोरि गायक दिपक बुढाथोकी मगर तथा लालमती गुरुंगको प्रस्तुतिमा नाच्दै सबै रमाएका थिए ्र बिनोद मगर ,आकृति लिम्बु , बिबेक पुन, जिबन रोका मगर, नविना पुन, प्रिज्मा लिम्बु, मानवी खरेल, पिंकी श्रेष्ठ, निलम रेग्मी, लक्ष्मी रेग्मी, प्रतिमा न्योपाने, रोजिला लामा का नृत्य र नरेश थापा , आर।जी। खरेल , अनिता पौडेल , रश्मि रानाभाट, भगवती बस्नेत , सुबाश चन्द्र पुन मगर, सुर्य तिवारी , प्रशान्त पौडेल, बिष्णु क्षेत्रीका गायनले दर्शक हरु मन्त्र मुग्ध भएका थिए । इमान सिंग मगरको ‘ए बडा बा’ गीतमा कमेडी प्रस्तुति कार्यक्रम थप आकर्षणको केन्द्र बन्न सफल रह्यो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/शैली
जेनीशाको “माया छरिदेउ” बजारमा  

जेनीशाको “माया छरिदेउ” बजारमा  

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’  बजारमा

प्रीति घिमिरेले नयाँ गीत ‘घरको यादले’ बजारमा

परदेशीका पीडा र भावना समेटिएको यो गीतमा कविन्द्र तामाङको शब्द र संगीत छ । अर्पण थिङले एरेन्ज गरेका छन् ।