नेभिगेशन
खेलकुद

सिड्नी मेट्रो कलेज नवाज कप–२०१६ हुदैं

सिड्नी । नेप्लीज अष्टे«लियन वेलफेयर सोसाइटी(नवाज) ले सन् २०१६ को सिड्नी मेट्रो कलेज नवाज कप फुटबल प्रतियोगिता आउँदो मे १ तारिकबाट आयोजना गर्ने भएको छ । सो वेलफेयरका अध्यक्ष बिनोद शर्माका अनुसार फूटबलमा सहभागी टिमको संख्या १९ रहेको छ । १९ टिमलाई चार वटा समुहमा विभाजन गरेर खेल खेलाइनेछ । जसमा ग्रुप ए मा बेनी फुटबल क्लब, अबन फुटबल क्बल, सेन्ट जर्ज फुटबल क्लब, चन्द्र सुर्य फुटबल क्लब, र ग्य्रानभिल राइनोज फुटबल क्लब रहेका छन् भने ग्रुप बि मा सेन्ट जर्ज नेप्लीज क्लब, सगरमाथा क्लब, क्लब नेपाल, माछापुच्छ्र्रे क्लब र लालीगुँरास क्लब रहेका छन् । त्यस्तै ग्रुप सि मा वेष्ट युनाइटेड, हिमालयन यूथ क्बल, ओयसिस डाँफे क्लब, सिड्नी नेप्लीज क्लब र दि गोर्खा राइजिङ क्लब छन् भने अन्तिम ग्रप डी मा तामाङ रिक्रियसनल क्लब, फेवा क्लब,आरएसडि सिम्रिक क्लब, र दि ब्रिगेड क्बल रहेका छन् । नवाजका स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थीका अनुसार विजेता टिमलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम हुने टीमले पुरस्कार वापत सिल्ड, र प्रमाणपत्र सहित १२०० डलर, दोस्रो स्थान ल्याउने टीमलाई ६०० र तेस्रो स्थान ल्याउने टीमलाई ३५० डलर पाउनेछन् । सुरुका चरणमा प्रत्येक आइतवार ११ बजे, १ बजे र ३ बजे गरी तीन वटा खेल लिडकम स्थित वाइड पार्कमा संचालन हुनेछ । खेलमा उपस्थित भएर खेलाडीहरुको हौसला बढाइदिनुहुन पनि अध्यक्ष शर्माले नेपाली समुदायका खेलप्रेमीहरुलाई आग्रह गरेका छन् । सन् १९९९ मा गैर–नाफामुलक संस्थाको रुपमा स्थापित नवाजले प्रत्येक वर्ष नेपाली दाजुभाइबीच भाइचारा तथा आपसी सम्बन्ध विस्तारका लागि फूटबलको आयोजना गर्दै आएको छ । यस नवाज कपको म्याच डाइरेक्टरमा राजु मानन्धर रहेका छन् । प्रवासमा फुटबलको माध्यमबाट आपसी सम्बन्ध विस्तारमा नवाजले खेलेको भूमिकाको म्याच डाइरेक्टर मानन्धरले प्रंसशा गर्दै फुटबल खेलले शरिरलाई स्फुर्ति राख्दैं अनुशासित बन्न सिकाउने बताए । यस वारेमा थप जानकारी चाहिएमा वेलफेयरका अध्यक्ष बिनोद शर्मालाई ०४०२०५८२४३ वा स्पोर्ट कोर्डिनेटर प्रकाश पन्थी ०४०१५८९९५२, डेपुटी स्पोर्ट कोर्डिनेटर सन्तोष शर्मालाई ०४१०७४८३२४ मा सम्पर्क गर्न सकिनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।