नेभिगेशन
फोटो/भिडियो

टिएम केसी(शोभा) को गीत संगीत मोह

सिड्नी । भनिन्छ, गीत संगीतमा भिजेपछि त्यसलाई चटक्कै छोड्न गाह्रो हुन्छ । यस्तै भएको छ, ब्रिसवेन निवासी टिएम( शोभा) केसीलाई । करिब १२ वर्ष पछि उनी फेरी गीतसंगीतको दुनियाँमा फर्केकी छिन् । केसी “साइमन” नामको एल्वम बजारमा ल्याउने तरखरमा लागेकी छिन् । सो एल्बममा उनले “तिम्रो साथ”..... वोलको गीतको छायाङकन पुरा गरिसकेकी छिन् । यस गीतलाई केसी प्रेम गीत भन्न रुचाउँछिन् । उनी भन्छिन्– मेरो गीत विशेष युवायुवतीहरुप्रति लक्षित छ । ब्रिसवेनमा छायाङकन गरिएको सो गीतको मोडलिङ समेत उनी आफैले गरेकी छिन् । यस एल्बममा रहेको तिम्रो साथ.....वोलको मिठोे गीतसंगैं केसीको मोडलिङ पनि देख्न पाइनेछ । उनी मोडलिङप्रति पनि रुचि राख्छिन् । 13059803_871178499672231_373645257_n नवलपरासीको प्रगतिनगरमा जन्मेर हुर्केकी शोभाको संगीत मोह सानै देखिको हो । स्कुल पढ्दादेखि नै स्कुल तथा स्थानिय क्लबले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा १० वर्षको उमेरदेखि नै वाल गीत गाउन थालिन् । कक्षा ६ मा पढ्दा नै अन्नत यात्रा एल्वममा “हामी साना भए पनि देशको माया लाग्छ”..... वोलको वाल गीत गाएर सबैको मन जित्न सफल केसीले रेडियो नेपाल, राष्ट्रिय नाचघरमा समेत आफ्नो प्रस्तुती पस्किसकेकी छिन् । उनले स्थानिय क्लबमा डान्स प्रशिक्षकको समेत भुमिका निभाइसकेकी छिन् । जनज्योति नमुना कन्या मावि प्रगतिनगरबाट एसएलसी पास गरी वालकुमारी क्याम्पस नारायणगढबाट प्लस टु सकेकी केसी विगत पाँच वर्षदेखि अस्ट्रेलियाको ब्रिसवेनलाई आफ्नो कर्मथलो बनाउँदै आएकी छिन् । गीतको प्रोमो यस्तो छ,...
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो/भिडियो
15 years expertise in the Home and Construction Business. Lavish Construction & Developments

15 years expertise in the Home and Construction Business. Lavish Construction & Developments

At Lavish Construction & Developments, we take pride in delivering nothing short of the highest quality and standards. We understand that building a home is so much more...