नेभिगेशन
कला/शैली

दिक्पालको 'प्लिज एकपटक भेटिदेउ न'को भिडियो सार्वजनिक (भिडियो सहित)

दिक्पालको 'प्लिज एकपटक भेटिदेउ न'को भिडियो सार्वजनिक (भिडियो सहित) सिड्नी । अस्ट्रेलियालाई कर्मथलो बनाउँदै आएका दिक्पालदेव पंगेनीले प्रणय दिवस को दिन पारेर १४ फ्रेबु्रअरीका दिन युट्युबमार्फत आफ्नो गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । [gallery ids="9747"] उक्त गीतमा उनकी जीवन संगीनी सम्झना पंगेनीको शब्द रहेको छ । गीतमा प्रकृति श्रेष्ठ, गौरव शर्मा, महेश विडारी, लिपिका कर्माचार्य, सुमन तिमल्सिना र प्रतिक्षा अधिकारी र दिक्पालको समेत अभिनय रहेको छ । भने निर्देशन, सम्पादन र छायाङ्कन जीवन रसाइलीले गरेका छन् । यो भिडियो दिक्पालको पहिलो एल्बम “अभिशा” को पहिलो म्युजिक भिडियो हो । एल्बम 'अभिशा'मा ६ गीत रहेका छन् जसलाई मेमा सार्वजनिक गरिने नेपाल न्युज अस्ट्रेलियालाई बताए । उक्त म्युजिक भिडियो अस्ट्रेलियाको मेलवर्न र वरिपरिको क्षेत्रमा सुटिङ भएको थियो । भिडियो हेर्नुहोस् https://www.youtube.com/watch?v=sBk3D2ByRBI
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्