नेभिगेशन
खेलकुद

२३ वर्षपछि नेपाललाई साग फुटबलमा स्वर्ण

काठमाडौँ । एक सून्यले पछि परेको स्थिति उल्टाउँदै नेपालले २३ वर्षपछि १२ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष फुटबलको उपाधि जितेको छ। भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 12745677_812232162220824_1219353614210709058_n भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाका थिए। बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रचेको छ। Screen Shot 2016-02-16 at 8.55.11 AM यसअघि सन् १९८७ मा भारतले नेपाललाई हराउँदै साफमा स्वर्ण जितेको थियो । आज नेपालले त्यसैको बदला लिएको छ । यससँगै नेपालले साग फुटबलमा तीन स्वर्ण जित्न सफल भएको छ । यसअघि नेपालले सन् १९८४ र १९९३ को साफ गेम्समा स्वर्णपदक जितेको थियो । फुटबलमा स्वर्ण जितेसँगै नेपालले जारी सागमा तीन स्वर्ण पु¥याएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा करिब २१ वर्ष अध्यक्ष पद सम्हाल्नुभएका गणेश थापामाथि आर्थिक अनियमितता गरेको आरोपमा विश्व फुटबल महासङ्घ (फिफा) ले केही महिनाअघि १० वर्षको प्रतिबन्ध लगाएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।