नेभिगेशन
अन्य

संविधान संशोधनको भारतबाट स्वागत

काठमाडौं । मधेसमा उत्पन्न समस्याको सम्बोधन गर्न शनिबार नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा संसदमा दर्ता भएको नेपालको संविधानको पहिलो संसोधन गरिएकोमा छिमेकी भारतले स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयले आइतबार निकालेको संक्षिप्त विज्ञप्तीमा नेपालमा संविधान संशोधन हुनुलाई सकारात्मक कदमकारुपमा उल्लेख गरेको छ । भारतले अन्य महत्वपूर्ण विषयहरुमा पनि रचनात्मक संवादबाट सम्बोधन गर्दै सहमतिमा पुग्ने विश्वास लिएको छ । मधेस आन्दोलनलाई सम्बोधन गर्न तत्कालीन कांग्रेस सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकलाई पारित गर्ने प्रतिवद्धतासहित सरकारले गत पुस ५ गते तीन बुँदे निर्णय गरेको थियो। मन्त्रिपरिषद्को तीनबुँदे निर्णयलाई पनि भारतले औपचारिक रुपमा विज्ञप्ती निकालेर स्वागत गरिसकेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्