नेभिगेशन
अन्य

शिक्षामन्त्रीको अध्यक्षतामा चिकित्सा आयोग गठन, भगवान कोइराला कार्यकारी उपाध्यक्ष

काठमाडौं । सरकारले अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रीको अध्यक्षतामा आयोग गठन गरेको हो । आयोगको कार्यकारी उपाध्यक्षमा भने भगवान कोइरालालाई नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले अधिकार सम्पन्न चिकित्सा शिक्षा आयोग गठन नगरेको भन्दै पुनः आमरण अनसन सुरु गर्ने घोषणा गरेका थिए । आयोगको पदेन सदस्यमा स्वास्थ्य र शिक्षा मन्त्रालयका सचिव वा सहसचिव रहनेछन् । यसैगरी नेपाल मेडिकल काउन्सीलको अध्यक्ष, नेपाल नर्सिङ काउन्सीलको अध्यक्ष पनि आयोगको सदस्य छन् । यसैगरी अन्य सदस्यहरुमा प्राध्यापक डा= सिर्जना श्रेष्ठ, प्राध्यापक डा= अर्जुन कार्की, डा= जगदीशप्रसाद अग्रवाल, डा= श्रीकृष्ण गिरी र डा= सुरेश कडरीया छन् । o;}ul/ मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा र केही सचिवहरुको बढुवा गर्दै पदस्थापनसमेत गरेको छ । श्रीधर सापकोटालाई लोकसेवा आयोगमा सरुवा गरिएको छ । चन्द्र घिमिरेलाई बढुवा गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा, शशिसेखर श्रेष्ठलाई बढुवा गरी मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा, शंकर कोइरालालाई बढुवा गरी पश्चिम क्षेत्रीय प्रशासन कार्यालयमा र लक्ष्मीप्रसाद ढकाललाई बढुवा गरी मध्यमान्चल क्षेत्रीय प्रशासन कार्यालयमा पदस्थापन गरिएको छ । यसैगरी मुकुन्द घिमिरेलाई कायम मुकायम क्षेत्रीय प्रशासकको रुपमा डोटीमा पठाइएको छ । To:t} मन्त्रिपरिषद बैठकले लुम्विनी विकास परिषदमा रिक्त चार सदस्यहरुको पदपूर्ति पनि गरेको छ । सँस्कृति, संघीय मामिला, भौतिक पूर्वाधार र भूमिसुधार मन्त्रालयका सचिवहरुलाई लुम्विनी विकास परिषदमा नियुक्त गरिएको हो । यसैगरी शुक्रबारको मन्त्रिपरिषद बैठकले एकपटक सार्बजनिक पद धारण गरेको व्यक्ति अवकाश भएर पुनः सरकारी सेवा सुविधा पाउने गरी कतै नियुक्त भयो भने पेन्सन लिइरहने कि नयाँ नियुक्ति भए वापतको तलब खाने भन्ने निर्णय एक महिना अघि नै गरिसक्नुपर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्