नेभिगेशन
अन्य

२३ वर्षपछि नेपाललाई अन्तर्राष्ट्रिय फुटबलको उपाधि

काठमाडौं । नेपालले बङ्गबन्धु गोल्डकप फुटबलको उपाधि जितेको छ। बंगलादेशको बगबन्धु रंगशालामा भएको फाइनलमा बहराइनको यू–२३ माथि ३–० को जित हात परेको हो। नेपालका लागि विमल घर्तिमगरले चौथो मिनेटमा गोल गरे। खेलको ८७ औं मिनेटमा विशाल राईले दोस्रो गोल थपे । अञ्जन केसीको उत्कृष्ट पासमा विशालले गोल गरेका हुन्। खेलको इन्ज्युरी समयमा विमलको क्रसमा नवयुग श्रेष्ठले हेडबाट गोल गरे र नेपालको जित निश्चित पारे। नेपालले आफ्नो फुटबल इतिहासमा उपाधि जितेको यो तेस्रो पल्ट हो । यो २३ वर्षयता नेपालले जितेको पहिलो उपाधि हो। नेपाल सन् १९९९ को दक्षिण एसियाली खेलकुदको फुटबल फाइनलपछि कुनै पनि औपचारिक प्रतियोगिताको उपाधि भिडन्तमा प्रवेश गरेको यो पहिलो पल्ट हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्