नेभिगेशन
अन्य

एमाले–एमाओवादी ऋणमा, कांग्रेस नाफामा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नाफामा रहँदा सत्तारुढ दल एमाले र एमाओवादी भने घाटामा रहेको आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार नेपाली कांग्रेसले गत वर्ष आठ करोड ५४ लाख १३ हजार पाँच सय ८५ रुपैयाँ आम्दानी गरेको छ भने एक करोड ५४ लाख ३० हजार चार सय ७० रुपैयाँमात्रै खर्च भएको छ। कांग्रेसले सदस्यता नवीकरण, लेवीबाट ६ करोड ६२ लाख १२ हजार ६ सय २ रुपैयाँ ५० पैसा, चन्दा सहयोग व्यक्तिगतबाट १ करोड ३७ लाख ८१ हजार ४ सय ४३ र अन्य स्रातेतबाट ४२ लाख २० हजार ६ सय ४५ रुपैयाँ उठाएको विवरणमा उल्लेख छ। त्यस्तै गत वर्ष नेकपा एमालेले सात करोड २४ लाख ७१ हजार सात सय ६८ रुपैयाँ आम्दानी गरेको छ। तर आठ करोड ८३ लाख ६४ हजार दुई सय ८० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ। एमालेले सदस्यता नवीकरण, लेबीबाट ३ करोड २६ लाख ९० हजार ९३४, चन्दा सहयोग व्यत्तिःगतबाट ११ लाख २८ हजार ५ सय र अन्य स्रोतबाट २५ लाख ४२ हजार रुपैयाँ उठाएको हो। यस्तै एकीकृत माओवादीले गत वर्ष चार करोड २१ लाख ९७ हजार ६ सय ५२ रुपैयाँ आम्दानी गरेको छ भने चार करोड ९२ लाख ११ हजार पाँच सय ३५ रुपैयाँ खर्च गरेको छ। माओवादीले सदस्यता नवीकरण, लेबीमार्फत २ करोड ५५ दलाख ६३ हजार ९३०, चन्दा सहयोग व्यक्तिगतमार्फत १ करोड ५७ लाख ८२ हजार ३१३ र अन्य स्रोतबाट ४ लाख ३० उठाएको उल्लेख छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्