अष्ट्रेलिया । नेपालमा मन परेको कला कृती पनि अब तपाइले सिड्नीको घर आगनमा सजाउन पाउनुहुने भएको छ । मेरो स्टुडियोले अस्ट्रेलियामा अब यो सुविधा प्रदान गर्न लागेको हो । अष्ट्रेलियामा रहेको नेपाली समाजलाई लक्षित गरी मेटल, ग्लास र क्यानभासमा फोटो प्रिन्ट गर्ने सुविधासहितको मेरो स्टुडियो प्रारम्भ भएको छ । मेरो स्टुडियोको विजनेश पोर्टल एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ । merostudio.com.au मा गएर तस्वीरहरुलाई विभिन्न स्वरुप र साइजम अर्डर गर्न सकिने सुविधा रहेको कम्पनीका प्रबन्ध निर्देशक दिप्ती खड्काले बताइन । “हामी यहाँका समुदायका थुप्रै घरहरुमा पुग्छौं तर त्यहाँ आकृतिहरु भित्तामा टांगिएको हुन्छ तर देश चिनाउने कला भने कमै मात्र भेटिन्छन । आकृ कुनै मेटलमा त कुनै ग्लासमा प्रिन्ट गरिएका हुन्छन् भने कुनै क्यानभासमा । अब हामीले नेपाली कला, संस्कृति झल्काउने सामग्रीहरु पनि यसैगरी प्रिन्ट गरेर समुदाय भित्र आफ्नो पहिचान दिन सक्छौ , उनले भनिन ।संस्थाका अर्का प्रबन्ध निर्देशक तीर्थ आचार्यले अर्डर गरेको एक साताभित्रै डेलिभरि दिन सकिने र सबै सामग्री सिंगापुरमा प्रिन्ट हुने बताए । गुणस्तरमा कुनै सम्झौता नगरिकन नेपालीपनलाई समुदाय भित्र पुरयाउने लक्ष्य रहेको उनले सुनाए ।