नेभिगेशन
अन्य

देशका विभिन्न क्षेत्रमा वर्षा, हिमाली क्षेत्रमा हिमपात

काठमार्डौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा गएराति वर्षा भएको छ। बुधवार साँझसम्म काठमाडौंसहित पूर्व भेगमा वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। वर्षासँगै हिमाली र पहाडी क्षेत्रमा हिमपात समेत भएको छ। हिमाली क्षेत्र मुस्ताङ, मुगु, डोला, हुम्लालगायत जिल्लामा हिमपात भएको छ। बिहीवारदेखि भने मौसममा क्रमिक सुधार आउने छ। पूर्वी नेपालमा भने बिहीबार पनि मौसम खराब नै रहने मौसमविद विभूति पोखरेलले जानकारी दिइन्। उनका अनुसार पश्चिमी न्युनचापीय क्षेत्रबाट सिर्जना भएको प्रणालीका कारण चिसो बढेको हो। जाडो समय सकिन लागेकाले अब यो बर्ष तापक्रम योभन्दा कम हुने सम्भावना नरहेको उनले बताइन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्