नेभिगेशन
अन्य

खाडी गएका २५ नेपाली रेडकर्नर नोटिसमा

काठमाडौं । वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका २५ नेपाली ठगी अभियोगमा अन्तर्राष्ट्रि प्रहरी संगठन इन्टरपोलको रेडकर्नर नोटिसमा परेका छन् । इन्टरपोलको नेपाल समन्वय शाखा (एनसिबी)ले सार्वजनिक गरेको २०१६ जनवरी १२ सम्मको सूचीअनुसार रेडकर्नरमा परेका अधिकांश नेपालीमाथि ठगीको अभियोग छ । युएई, कतार, साउदी अरेबिया र बहराइन सरकारको आग्रहमा इन्टरपोलले आफ्ना सदस्य राष्ट्रलाई पक्राउका लागि रेडकर्नर नोटिस जारी गरेको छ । सबैभन्दा धेरै यूएई सरकारको आग्रहमा नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । एनसिबीले सार्वजनिक गरेको सूचीअनुसार यूएई सरकारको आग्रहमा १५ नेपाली विरुछ इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ । कतार सरकारको आग्रहमा ६, साउदी अरेबियाको आग्रहमा ३ र बहराइनको आग्रहमा एक नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ । खाडी मुलुकको आग्रहमा रेडकर्नरमा परेका २५ नेपालीमाथि ठगीको अभियोग छ । केही नेपालीमाथि लागेको आरोप अरेबिक भाषामा रहेकाले खुल्न सकेको छैन । एनसिबीको तथ्यांकअनुसार भारतको आग्रहमा २९ र अमेरिकाको आग्रहमा ५ जना नेपाली रेडकर्नर नोटिसमा रहेका छन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्