नेभिगेशन
अन्य

कांग्रेस सभापति कोइराला र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित कोइराला निवासमा भएको भेटवार्तामा उनीहरुवीच मुलुकमा जारी गतिरोध अन्त्य, संविधान संशोधनको प्रक्रिया लगायतका विषयमा छलफल भएको थियो। मधेसी मोर्चासँग भइरहेको वार्ता प्रक्रिया भाडिएपछि जारी गतिरोध अन्त्यका विषयमा छलफल गर्न अध्यक्ष दाहाल कांग्रेस पदाधिकारी बैठक बसिरहेका बेला कोइरालालाई भेट्न उनकै निवास पुगेका हुन्। भेटपछि पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले मुलुकको जारी गतिरोध अन्त्य र संविधान संशोधन प्रक्रिया लगायत विषयमा छलफल भएको बताए। उनले मधेसी मोर्चासँगको वार्ता केही नकारात्मक भएकाले दिउँसो एक बजे तीन दलको बैठक बसेर कसरी अघि बढ्ने भन्नेबारे छलफल भएको बताए। दाहालले संसद बैठक बस्नु अघि प्रमुख तीन दल बसेर सवै विषयमा समझदारी खोजिने बताए। मंगलवार दिउँसो १ बजेका लागि संसद बैठक बोलाइएकाले संविधान संशोधनको प्रक्रिया अघि बढाउने नबढाउने विषय अन्यौलमा परेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्