नेभिगेशन
अन्य

सभापति लड्न कुनै प्रलोभनले रोक्दैन :उपसभापति पौडेल

काठमाडौं । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले अब सभापति लड्न कुनै पनि प्रलोभनले नरोक्ने बताएका छन् । प्रेस यूनियन दाङले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले प्रधानमन्त्री वा अन्य कुनै पद पाउने लोभमा परेर आफू पछि नहट्ने बताए । यसअघि सुशील कोइरालालाई सभापति र प्रधानमन्त्री बन्न सहयोग गरेकाले १३ औं महाधिवेशनमा सभापतिको दाबेदार आफू नै भएको पौडेलले बताए । ‘कांग्रेसलाई नयाँ गति र दिशा दिन अहिले मेरो आवश्यकता छ,’ उनले भने, ‘परिवर्तित नेपाललाई नेतृत्व गर्न परिवर्तित कांग्रेसको आवश्यकता छ । त्यस्ता कांग्रेसको नेतृत्व मैले गर्नसक्छु । यो समयको माग हो ।’ अहिले कांग्रेसभित्रको कार्यशैली, व्यवहार र संरचना परिवर्तन गर्न आवश्यक रहेको उनले बताए । यही आवश्यकतालाई महशुस गरी अहिले देशव्यापी कांग्रेस परिवर्तन अभियान चलिरहेको उनले जानकारी दिए । यस्तो परिवर्तन अभियान देशका सबै प्रदेशमा चलाइरहेको उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्