नेभिगेशन
अन्य

एमाले संसदीय दलको विधान संशोधन गर्न ५ सदस्यीय कार्यदल

काठमाडौं । सत्तारुढ नेकपा एमालेले आफ्नो संसदीय दलको विधान संशोधनका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ । संसदीय दलको सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा सचेतक गोकुल घर्तीमगर तथा सांसदहरु डा. वंशिधर मिश्र, शिवकुमारी गोतामे र अनारकली मिया सदस्य छन् । संविधानसभा व्यवस्थापिका संसदमा रुपान्तरित भएकाले विधान संशोधनका कार्यदल गठन गरेको प्रमुख सचेतक ढकालले जानकारी दिए । एमालेको संसदीय दल संविधानसभा कायम रहेका बेलाको विधान अनुसार चल्दै आएको छ । एमालेले संसदीय बोर्ड गठनबारे गृहकार्य गर्ने जिम्मेवारी प्रमुख सचेतक र सचेतकलाई समेत दिएको छ । यसैबीच बैठकले व्यवस्थापिका संसदमा पेश भएको संविधान संशोधन विधेयकलाई पारित गर्ने र कांग्रेस सांसदहरुले दर्ता गराएको संशोधन प्रस्तावबारे कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गर्ने निर्णय पनि गरेको छ । बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावलले मधेस केन्द्रित दलहरुसँग भइरहेको वार्ताबारे जानकारी गराएका थिए । संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण बैठक लामो समय नबस्दा सदस्यहरुले भने आफ्ना धारणा राख्न पाएनन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्