नेभिगेशन
अन्य

अष्ट्रेलियाको पिआर पाउनेमा नेपाली ‘टप टेन’मा

सिड्नी । अष्ट्रेलियाको आप्रवास कार्यक्रम अन्तर्गत यसवर्ष करिब ४ हजार २ सय नेपालीले स्थायी बसोबासको अनुमती लिएका छन् । उक्त संख्या एक वर्षभरि सो कार्यक्रम अन्तर्गत अष्ट्रेलियामा स्थायी बसोबास पाउने देशमा नवौं नम्बरमा परेको छ । अष्ट्रेलिया सरकारले हालै सार्वजनिक गरेको ‘टप टेन’ पिआर पाउने देशका आप्रवासीहरुको तथ्यांक अनुसार ४ हजार १ सय ३० जना नेपालीहरुले सन २०१४–१५ मा अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति लिएका छन् । तथ्यांक अनुसार भारत पहिलो नम्बरमा छ भने मलेसिया दशौं नम्बरमा छ । तथ्यांक अनुसार भारतपछि चीन, बेलायत, फिलिपिन्स, पाकिस्तान, आइरिस रिपब्लिक, भियतनाम र साउथ अफ्रिकाका नागरिकहरुले अष्ट्रेलियाको स्थायी बसोबासको अनुमती पाएका छन् । यसवर्षको यो संख्या गतवर्षको तुलनामा भने करिब २ सयले कम हो । गतवर्षको यही अवधिमा ४ हजार ३ सय ६४ जनाले स्थायी बसोबासको अनुमति पाएका थिए । ‘यसवर्ष तुलनात्मक रुपले नेपालीको संख्या कम भएपनि यो अष्ट्रेलियामा भविष्य खोज्न चाहने नेपालीहरुको लागि सकारात्मक सन्देश हो । अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्सी एलायन्सका सचिव तथा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा कानुन विषय अध्ययनरत संजिव पाण्डेले कान्तिपुरसाग भने, ‘अष्ट्रेलिया अध्ययनका लागि आएका नेपाली विद्यार्थीको तुलनामा यो संख्यालाई स्वभाविक नै मान्नुपर्छ ।’ अष्ट्रेलियाले यसवर्ष प्रदान गरेको स्थायी बसोबासको अनुमती दक्ष जनशक्ति भिसा अन्तर्गत ६८ प्रतिशत तथा पारिवारिक भिसा अन्तर्गत ३२ प्रतिशतले पाएका हुन् । नेपालबाट अध्ययनका लागि आउने विद्यार्थीहरुको संख्या अनुसार आगामी वर्षमा यो संख्या अझ वृद्धि हुनसक्ने जानकारहरुको भनाई छ । उच्च शिक्षा र सुरक्षित भविष्यको लागि अष्ट्रेलिया आउने हजारौं नेपालीहरुले वर्षेनी यहााको स्थायी बसोबासको अनुमति लिनु खुसीको कुरा भएपनि नेपालले भने वर्षेनी सोही संख्यामा युवा र दक्ष जनशक्ति भने गुमाइरहेको छ । कान्तिुरबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्