नेभिगेशन
अन्य

भागवण्डा नमिल्दा राजदूत नियुक्तिमा ढिलाइ

काठमाडौं । गत हप्ता जापान तथा बंगलादेशका लागि नेपाली राजदूत डा। मदनकुमार भट्टराई तथा हरिकुमार श्रेष्ठ आफ्नो ४ बर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किए । रिक्त रहेका ती दूतावासमा उपसचिवद्वय गेहेन्द्र राजभण्डारी र सुशीलकुमार लम्सालले जिम्मेवारी सम्हालेका छन् । सन्दर्भ जापान र बंगलादेशको मात्र होइन, अहिले अधिकांश मुलुकका राजदूतको पद रिक्त रहेपछिको अवस्था लगभग उस्तै छ । नेपालले दौत्य सम्बन्ध कायम राखेको जेठो मुलुक बेलायतमा विगत २ वर्षदेखि राजदूत सुरेश चालिसेले अबकाश पाएपछि सो पद अहिलेसम्म रिक्त छ । त्यसैगरी जर्मनी, बहराइन, साउदी अरब, इजिप्टलगायत करिव आधा दर्जनभन्दा बढी मुलुकमा दूतावास पनि लामो समयदेखि उपसचिव, शाखा अधिकृत वा सोसरहका कर्मचारी कार्यबाहक बनेका छन् । डा भट्टराई जापानबाट स्वदेश फर्किएलगत्तै केही दिन त्यहाँ नायब सुब्बा रेवन्तबहादुर केसीले सो जिम्मेवारी सम्हालेका थिए । विकसित मुलुकहरुमा राजदूत नियुक्तिको विषय ठूलो र विवादित एजेन्डा बन्दैन तर नेपालमा भने वर्षौअघिदेखि राजवनीतिक विषयबस्तु बन्ने गरेको छ । नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्