नेभिगेशन
अन्य

केएल दुगड जोगाउन वाणिज्य विभाग नै सक्रिय

काठमाडौं । मुलुक गम्भीर समस्यामा परेको मौका छोपेर उपभोक्ता ठग्दै खाने तेलमा कालोबजारी गर्ने केएल दुगड समूहको कर्तुत लुकाउन वाणिज्य तथा आफूर्ति व्यवस्थापन विभाग नै लागिपरेको तथ्य फेला परेको छ । बजार अनुगमन तथा कारबाहीको जिम्मेवारी पाएको विभागका पदाधिकारीले नै दुगडसँग आर्थिक लाभ लिएर जोगाउन लागेका हुन् । लामो समयदेखि कालोबजारी गर्दै आएको र्केएल दुगड समूहको गोदाममा छापा मारी आवश्यक कारबाही गर्नु पर्ने भएपनि विभाग पदाधिकारी भने प्रहरीले सुरु गरेको छानविन प्रक्रियामै असहयोग हुने गरी काम गर्न थालेको छ । नाकाबन्दीको कारण देखाउँदै कालोबजारी गरिरहेको केएल दुगड समूहको कर्तुतको ढाकछोप वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले नै गर्दै आएका छन् । सो समूहबाट आर्थिक लाभ लिएर कोइराला जोगाउन लागेको र उनले लामो समयदेखि संरक्षण गर्दै आएको विभागकै एक अधिकारीको भनाई छ । राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्