नेभिगेशन
अन्य

प्रहरीकै असुली रोक्न स्पेसल टास्क फोर्स

काठमाडौं । महानगरीय प्रहरी आयुक्त कार्यालयले मातहत निकायको काम कारबाहीको अनुगमन गर्न स्पेसल टास्क फोर्स गठन गरेको छ । महानगरीय आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी प्रतापसिंह थापाले प्रहरी बरिष्ठ उपरीक्षक एसएसपी शरद चन्दको नेतृत्वमा स्पेसल टास्क फोर्स गठन गरेका हुन्। महानगरीय प्रहरी अपराध महाशाखासहित उपत्यकास्थित तीनवटै प्रहरी परिसर र त्यस मातहत रहेका वृत्त, प्रभाग र चौकीहरुले गर्ने काम कारबाहीमा ‘स्ट्यान्डर्ड मेन्टेन’ भएको छ वा छैन रु जनताले कानुनबमोजिम सुविधा पाएका छन् वा छैनन रु पक्राउ पर्ने व्यक्तिभन्दा सोधपुछको बहानामा अरु नै पक्राउ परेका छन् कि भन्ने विषयमा अनुगमन र निगरानी राख्न टास्क फोर्स गठन गरिएको हो । राजधानी दैनिकमा समाचार छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्