नेभिगेशन
अन्य

साफ च्याम्पियनसिप फुटबलमा नेपाल–भारत भिड्दै

काठमाडौ । भारतमा जारी साफ चयम्पियनसिप फुटबलको समूह चरणको अन्तिम खेलमा नेपाल आज आयोजक राष्ट्र भारतसंग भिड्दै छ । भारतको केरेलास्थित त्रिवेन्द्रम रंगशालामा आज साँझ हुने समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा सुरु हुनेछ । उद्घाटन खेलमा श्रीलंकासँग एक सून्यले पराजित भएको नेपाललाई अघिल्लो चरण प्रवेशका लागि भारतमाथि स्पष्ट तीन सून्य गोल अन्तरको जित आवश्यक छ । भारतमाथि सांघुरो जित निकाले पनि नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिने छ । नेपाल र भारतवीचको खेलसँगै साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समिकरण पुरा हुनेछ । समूह ए मा नेपालसँगै रहेका भारत र श्रीलंकाको ३–३ अंक छ भने नेपाल अंकविहीन छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्