नेभिगेशन
अन्य

आन्दोलन लम्बिँदा तस्करलाई ‘मालामाल’

काठमाडौं । । तराई मधेसमा एक सय ३२ दिनदेखि जारी आन्दोलनका कारण पेट्रोलियमको चरम अभाव छ । सदरमुकाम जलेश्वरसँग जोडिएका प्रमुख सडकदेखि गोरेटोसम्म अहिले गुडिरहेका दर्जनौ मोटरसाइकललाई भने त्यसले कुनै प्रभाव पारेको छैन । ती अनटेस्ट मोटरसाइकलमध्ये कतिपयले भारतीय नाबाट तस्करीका सामग्री ओसारपसार गरिरहेका छन् । कतिले चर्को भाडा असुलेर यात्रु नै बोकिरहेका छन् । पुराना मोटरसाइकलसमेत चढ्ने आर्थिक हैसियत नभएका र आन्दोलनको अघिल्लो ,दिनसम्म मोटरसाइकल किन्ने आँट नगर्नेहरुसमेत अहलिे नयाँ मोटरसाइकल हुइँक्याइरहेका देखिन्छन । बन्दका क्रममा सबैको आर्थिक अवस्था दयनीय भइरहेका बेला तस्करी गर्नेहरुको भने मालामाल भइरहेको छ । पहिले लुकीछिपी तस्करी गर्नेहरु बन्दका बेला भने खुलेआम रुपमा तस्करीमा उत्रिएका छन् । आन्दोलनले सर्बसाधारण आजित भइरहँदा कालोबजारी गर्नेहरु भने यही अवस्था लम्ब्याएर फाइदा लुट्ने दाउमा छन् । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्