नेभिगेशन
अन्य

साउदी अरबमा ५० नेपाली कामदार बन्धक

काठमाडौं । साउदी अरबको एक कम्पनीमा बन्धक बनाइएका नेपाली कामदारको उद्धारमा रियादस्थित नेपाली दूतावासले चासो नदिएको पीडितले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनु परेको उनीहरुको गुनासो छ । ती नेपाली कामदारले उद्धारमा कहीँकतैबाट पहल नभएको बताएका छन् । पीडितले उद्धारका लागि आठ महिनाअघि नै दूतावासलाई लिखित तथा मौखिक आग्रह गरेपनि दूतावासले सुनुवाई नगरेको बताए । साउदीको दमाममा रहेको मोहम्मद अलमोजिल ग्रुप कक्पनीमा आर्यरत ५० नेपाली कामदारको लामो समयदेखि उद्धार हुन नसकेको हो । रोजगारदाता कम्पनीले आवास अनुमति पत्र नवीकरण नगरिदिँदा ती कामदार एक वर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएका हुने । उद्धारका लागि पटक पटक आग्रह गरेपनि दूतावासले बेवास्ता गरेको बन्दी जीवन विताइरहेका बाग्लुङका हेमराज पौडेलले गुनासो गरे । नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्