नेभिगेशन
अन्य

महर्जन कांग्रेसको जनजाति तफबार्ट केन्द्रीय सदस्यमा उठ्ने

काठमाडौं । मिनकृष्ण महर्जन नेपाली खेलकुद जगतका पुराना हस्ती हुन् । उनले लामो समय खेलकुद योगदान समेत पु¥याएकाले पनि खेल जगतमा उनि चिरपरित छन् । त्यसो त उनले खेलाडी जीवन, प्रशिक्षक हुदै खेलकुदको सर्बोच्च निकाय राष्ट्रि खेलकुद परिषद९राखेप० मा निमित्त सदस्यसचिव र कोषाध्यक्ष रूपमा सक्रिय रूपमा काम समेत गरे । नेपाली कंग्रेसको खेलकुद विभागमा आफ्नो नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मिति नजिकिंदै जाँदा उम्मेदवारी घोषणा गर्नेक्रम जारी रहेको छ । उम्मेदवारी घोषणा गर्नेक्रममा तरुणदलका पूर्व केन्द्रीय सदस्य एवं महासमिति सदस्य मिनकृष्ण महर्जनले समेत जनजाति तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीबारे स्वीकार पनि गरे । महर्जन भन्छन् पार्टीका साथी तथा अग्रजहरूले साथ दिए केन्दीय सदस्यमा उठ्नेछु । यसअघि महर्जनले तरुण दलको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर तरुण दलको अधिवेशन हुने संकेत नदेखिएपछि महर्जनले १३औँ महाधिवेशनमा जनजाति तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनिसँगै नेपाली कांग्रेसको खेलकुद विभागका प्रमुख धनराज गुरुङपनि जनजातीबाट उठ्ने तयारी गरेपनि गुरुङ खेलकर्मी नभएकाले महर्जनलाई बाटो सहज हुनेछ । त्यसको एक मात्र कारण हो– यसपटक नेपाली काग्रसको १३औँ महाधिवेशनमा देशभारिका खेलाडीहरू महासमिति सदस्य र महाधिवेशन प्रतिनिधीको रूपमा २ देखि ३ सय जना रहनेछन् । खेलक्षेत्रमा उनी लामो समय योगदान दिएका ब्यक्तीत्व भएकाले पनि करातेका पुराना हस्ती महर्जनलाई स्थीती सहज हुनेछन् । खेल जीवनमार्फत कांग्रेसको राजनीतिमा होमिएका महर्जन २०४६ सालको जनआन्दोलनमा सक्रिय रूपमा आन्दोलनमा सहभागी भएका थिए । खेल जीवनबाट राजनीतिमा होमिएका महर्जन २ पटक सम्म तरुण दलको केन्द्रीय भइसकेका छन् । तथापी हाल उनि ललितपुर जिल्लाको पार्टीको महासमिति सदस्य समेत रहेका छन् । महर्जनले नेपाली कांग्रेस ललितपुर जिल्ला कार्य समितिको सदस्यको भूमिका समेत निर्वाह गरिसकेका छन् । जनजाति तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका महर्जनलाई ललितपुर कांग्रेसमा निकै प्रभावशाली रूपमा हेर्ने गरिन्छ । त्यसैका कारण पनि उनीलाई यसपटक पार्टीले जिम्मेवारी दिने आंकलन गरीएको छ । ललितपुर कांग्रेसमा रामकृष्ण चित्रकार र मदन अमात्य सभापतिको दौडमा रहेका छन् । जसमध्ये चित्रकारलाई महर्जनले सर्मथन गर्ने बुझीएको छ । चित्रकार प्रकाशमान शिंह निकट रहेकाले पनि महर्जनलाई शिंहले साथ दिन सक्छन् । नेपाली कांग्रसको १३औँ महाधिवेशनमा देशभारिका खेलाडीहरू महासमिती सदस्य र महाँदिवेसन प्रतिनिधी २ देखि ३ सय जना रहनेछन् । महर्जन खेलक्षेत्रमा एक हस्तीको रूपमा चिनिने गरीन्छ । महर्जनको खेलक्षेत्रमा राम्रो पकड रहेकाले सम्पूर्ण खेलक्षेत्रका प्रतिनिधीले उनलाई नै समर्थन गर्न सक्नेछन् । उनिले उपसभापति रामचन्द्र पौडेल र प्रभावशाली नेता खुम बहादुर खड्काको पनि राम्रै साथ पाउनेछन् । उनि पौडेल र खड्काको विश्वासीला पात्रको रूपमा चिनीदै आएका कारण पनि यसप्रति आकंलन गर्न सकिन्छ । महर्जन करातेका राष्ट्रिय खेलाडी हुन् भने आठौँ साफ गेममा करातेका प्रशिक्षक, र अन्तर्राष्ट्रिय रेफ्री समेत हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्