नेभिगेशन
अन्य

नाकाबन्दीका कारण नाफा गुमाउँदै भारतीय कम्पनी

काठमाडौं । भारतीय नाकाबन्दखीका कारण नेपालबाट वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी लाभांश लैजाने भारतीय बहुराष्ट्रिय कम्पनी पनि प्रभावित भएका छन् । अहिलेसम्म नेपालमा भएको कुल विदेशी लगानीमा भारतीय लगानी पहिलो नम्बरमा आउँछ । भारतीय बहुराष्ट्रिय कम्पनी युनिलिभर, डाबर लगायत नाकाबन्दीको प्रत्यक्ष मारमा छन् । युनिलिभर नेपाल लिमिटेडका सञ्चालक रविभक्त श्रेष्ठ नाकाबन्दीको असर अरुसरह आफ्नो कम्पनीलाई पनि परेको बताउँछन् । ‘अवस्थामा सुधार नआए कम्पवनीको मुनाफा घट्न सक्छ,’ उनले भने, ‘अहिलेको अबरोधले लगानीका बारेमा बाहिर नराम्रो सन्देश गइरहेको छ ।’ मुलुकको कुल व्यापारमध्ये दुई तिहाइ भारतसँग हुन्छ । भारतले गर्ने कुल निर्यातमा नेपालको हिस्सा चार प्रतिशत हुन आउँछ । कात्तिकसम्मको तथ्यांकअनुसार नाकाबन्दीका कारण अघिल्लो वर्षको तुलनामा निर्यातमा २९ दशमलब १ प्रतिशतले कमी आएको छ । आयात पनि ३६ दशमलब ८ प्रतिशतले कमी आएको छ । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्