नेभिगेशन
अन्य

परराष्ट्रमन्त्री थापा आज चीन जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र कानुनमन्त्री अग्नि खरेलको टोली पाँच दिने चीन भ्रमणका लागि बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ । भ्रमणका क्रममा दुई देशबीच दीर्घकालीन महत्व राख्ने आर्थिक तथा राजनीतिक मुद्दामा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो भ्रमणलाई भारतीय नाकाबन्दीसँग जोडेर नहेरिदिन पनि मन्त्रालय स्रोतले आग्रह गरेको छ । यद्यपि भ्रमणका बेला चीनबाट इन्धन ल्याउने सम्भावनाका विषयमा पनि छलफल हुने पररारष्ट्र स्रोतको भनाइ छ । मन्त्रीद्वयको टोलीमा परराष्ट्र सचिव र वाणिज्य सचिवसमेत सहभागी हुनेछन् । कानून मन्त्रालयका अधिकारीहरु पनि मन्त्रीको टोलीमा सहभागी हुनेछन् । टोली बुधबार एक बजे चीन प्रस्थान गर्ने कार्यक्रम छ । केपी शर्मा ओलीको नेतृत्वका नयाँ सरकार गठन भएपछि नेपाली अधिकारीहरुको उच्चस्तरीय टोली पहिलोपटक चीन भ्रमणमा जान लागेको हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्