नेभिगेशन
अन्य

आज कृष्णप्रसाद भट्टराईको ९१ औँ जयन्ती

काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९१ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । जन्मजयन्तीको अवसर पारेर भट्टराई निवास ललितपुरको बाँडेगाउँमा सरकारले बनाइदिएको आश्रममा बिभिन्न कार्यक्रम गरिदैछ । उनका शुभचिन्तक, अनुयायी र कांग्रेस कार्यकर्ताले राजधानी लगायत मुलुकभरी बिभिन्न कार्यक्रम गरी स्मरण गर्दै छन् । माओवादीसँग १२ बुँदे समझदारी गरेर कांग्रेसले राजतन्त्रको धार परिवर्तन गरी गणतन्त्रमा गएको भन्दै रुष्ट बनेका पूर्व प्रधानमन्त्री भट्टराईले जीवनको उत्तराद्र्धमा कांग्रेस परित्यागको घोषणा गरेका थिए । २०४६ सालको आन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछिको पहिलो अन्तरिम सरकारको नेतृत्व गरेका भट्टराई निस्कलंक राजनेता मानिनुहुन्थ्यो । भट्टराईको जन्म विक्रम संवत १९८१ सालमा आजकै दिन भएको थियो । सन्त नेताको उपमा पाउनुभएका भट्टराईको ८७ वर्षको उमेरमा गत फागुन २० गते निधन भएको थियो । ‘राजनीतिक दशर्ननले मात्रै देश विकास र आधारभूत मानव अधिकारको प्रत्याभूति सम्भव छैन, त्यसका लागि त्याग, तपस्या, समर्पण र प्रतिबद्धता त्यतिकै आवश्यक हुन्छ’ कृष्णप्रसाद बारम्बार भन्ने गर्थे । त्याग र सपर्मणलाई व्यवहारमानै उतार्ने प्रयास गरेका भट्टराई नेपाली राजनीतिक फा“टमा विरलै रहेका निष्ककलंक राजनेता हुन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्