नेभिगेशन
अन्य

मधेसमा मात्रै वार्ता गर्ने भन्दै मोर्चाद्धारा आन्दोलन घोषणा

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ११ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै उसले अब मधेसमा मात्रै वार्ता गर्ने बताएको छ । राजधानीमा दुई दिनसम्म चलेको मधेसी मोर्चाको बैठकले पुस ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम तय जसेको छ । जसमा संविधान संशोधन विधेयक जलाउनेदेखि मन्त्रीदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक लगाउनेसम्म छ । मधेसी मोर्चाले ५ गते जिल्ला सदरमुकाममा र ७ गते नगरपालिका र गाविसमा संविधान संशोधनको विधेयकको प्रति जलाउने घोषणा गरेको छ । यसैगरी पु्स ९ गते मसाल जुलुस निकाल्ने, ११ गते जिल्ला सदरमुकामहरुमा प्रदर्शन र सभा गर्ने र १५ गते सरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने मधेसी मोर्चाको कार्यक्रम छ । बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुरले–‘हाम्रा धेरै साथीहरु काठमाडौं छाडेर जिल्ला जिल्ला गइसकेका छन् । र, हामी पनि जिल्लातिर जाने हो । यदि सरकारलाई वार्ता गर्ने इच्छा छ भने मधेसमा नै आउनुपर्छ ।’ सरकार र कांग्रेसले संसदमा बलपूर्वक संविधान संशोधन प्रस्ताव ल्याएको भन्दै विरोध गरे । आफूहरु विधेयकमा संशोधन गर्ने आश्वासन दिएको भन्दै उनले भने ‘मोचासँग छलफल गरेर यसमा थपघट के गर्नु पर्ने हो त्यो गर्ने भन्ने थियो । त्यो पनि भएन ।’ उनले संविधान विधेयकमाथि हुने संसदमा हुने छलफलमा सक्रिय सहभागिता नजनाउने बताए । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुले अस्वीकार गरेको विषय नै सरकारले चारबुँदेका रुपमा दिल्लीमा अघि सारेको बताए । यसबारे आफूहरुले भनिसकेको भन्दै उनले भने(‘हाम्रो धारणा के छ र के हुनु पर्ने हो लिखित रुपमा भनिसकेका छौं ।’ उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले हालै दिल्ली भ्रमणका क्रममा चारबुँदे रोडम्याप अघि सारेका थिए । जसलाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मोर्चाका नेताहरुलाई दिएकी थिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्