नेभिगेशन
अन्य

प्रधानमन्त्रीलाई उपप्रधानमन्त्रीको मागपत्र

काठमाडौं । सरकारसमक्ष आन्दोलनकारी, असन्तुष्ट वा निश्चित विषयसग सरोकार राख्नेहरु ज्ञापनपत्र बुझाउन जानु सामान्य हो, तर कार्यकारी निकायमा रहेको सरकारकै प्रभावशाली सदस्य मागपत्र बुझाउन गए के होला ? यस्तो अभ्यास मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देखियो। सरकारका छ उपप्रधानमन्त्रीमध्ये एक विजयकुमार गच्छदार आफू अध्यक्ष रहेको दल मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको उच्च प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री भेट्न पुगे। प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने दलको राजनीतिक समिति निर्णयको व्यहोरा फेरबदल गर्दै गच्छदारले ध्यानाकर्षणपत्र भन्ने शब्दावली राखेका थिए। कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्