नेभिगेशन
अन्य

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशको तयारीका विषयमा बुधबारदेखि केन्द्रीय समितिमा छलफल गदैछ । महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको गतिविधि, पार्टीको विधान संशोधन तथा तराईमा जारी आन्दोलन र नाकाबन्दीका कारण महाधिवेशनलाई पर्न सक्ने असरका बारेमा बैठकमा छलफल हुनेछ । बिषेश गरि आजको केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यताको विवाद टुंगो लगाएर जिल्ला जिल्लामा पठाउने बारेमा छलफल गरि निर्णय लिने बताइएको छ । तराईमा जारी आन्दोलन तथा नाकाबन्दीका कारण पार्टीको स्थानीय तहको अधिवेशन गर्नका साथै नेता कार्यकर्तालाई गाउँ जान कठिनाइ भएको तराईमा रहेको कांग्रेसका नेता कार्यकर्ताले बताउँदै आएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्