नेभिगेशन
अन्य

मोर्चा, कांग्रेस र सरकारबीचको वार्ता निस्कर्षबिहीन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आइतबार सरकार, आन्दोलनरत मधेसी मोर्चा र प्रतिपक्षी कांग्रेसबीच सिंहदरबारमा भएको वार्ता बिना निस्कर्ष सकिएको छ । वार्तामा कांग्रेसले पुनर्निर्माण विधेयकसँगै संविधान संशोधन प्रस्तावलाई पनि अघि बढाउनु पर्ने अडान राखेपछि आजको वार्ता विना निस्कर्ष टुंगिएको हो । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ताबाट बाहिर निस्केपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भने, ‘हामीले पुनर्निर्माण विधेयकसँगै संविधान संशोधनलाई पनि अघि बढाउन भनेका हौं । उहाँहरुले मान्नु भएन ।’ तर मोर्चाले भने यो पुरानै कुरा भो भन्दै पुनर्निर्माण विधेयक र संविधान संशोधनलाई सँगै अगाडि बढाउने भए प्याकेजमा मात्रै सहमति हुने बतायो । वार्तामा सहभागी तमसपाका वरिष्ठ नेता रामनरेश रायले भने, ‘हामीलाई पुरानै कुरा दोहोर्‍याइयो । हामीले पनि दुवै बुँदालाई सँगै लाने हो भने प्योकजमा मात्रै सहमति हुने कुरा दोहोर्‍यायौं ।’ यसैगरी कांग्रेसले अब संसदमा कसरी जाने भनेर प्रधानमन्त्री र सभामुख सँग छुट्टाछुट्टै छलफल गर्ने जनाएको छ । आजको बैठकमा अब अर्को वार्ता कहिले हुने भन्ने पनि निर्णय नभएको रायले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्