नेभिगेशन
अन्य

ठगी गर्ने पेट्रोल पम्पसँग मिलेको आरोपमा निगमका थानकोट डिपो प्रमुख पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मालाई आज साँझ पक्राउ गरेको छ । पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्तालाई ठगी गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले उपत्यकाका १३ वटा पम्पहरुसँग मिलेर सघाएको खनालले बताए । महाशाखाले केही समयअघि राजधानीमा पम्पहरुमा छापा मारेर ठगी गर्ने पम्प संचालकहरुमाथि मुद्दा दायर गरेको छ । पेट्रोल पम्प संचालकहरुले शर्माले पम्ममा रिमोर्ट जडान गर्न सघाएको बताएपछि उनलाई नियन्त्रणमा लिइएको खनालले बताए । उनीमाथि ठगी र कालोबजारीको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्