नेभिगेशन
अन्य

अख्तियारको अनुसन्धानमा सघाउन एमाले शीर्ष नेताको निर्देशन

काठमाडौं । एमालेका शीर्ष नेताहरूले संवैधानिक निकायले गरेको कामकारबाहीमा कमीकमजोरी भए पनि त्यसको आदेश मानेर अघि बढ्न आफ्ना नेता र सांसदहरूलाई निर्देशन दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि भन्दै बयान दिनका लागि यसैसाता पूर्वमन्त्री, सांसदलगायत २९ जनालाई पत्र काटेको थियो । त्यसमा एमालेका ६ जना नेता तथा सांसद परेका छन् । अख्तियारले पूर्वाग्रह साँधेर अनुसन्धानको दायरामा ल्याएको भन्दै एमाले नेता र सांसदहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधव नेपालसँग उनीहरूले यो विषयमा एमाले संसदीय दलको कार्यालयमा कुराकानी गरेका थिए । त्यहाँ मनोनीत सांसद उमेश श्रेष्ठ पनि सहभागी थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्