नेभिगेशन
अन्य

हामीलाई दिनुपर्ने कागज कमल थापाले दिल्ली पुर्‍याएछन् : ठाकुर

काठमाडौं । तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाका नेता महन्थ ठाकुरले सरकारका उपप्रधानमन्त्रीले आफुहरुसंग वार्ताका लागि तयार पारेको तीन बुँदे प्रस्ताव मधेशी मोर्चालाई नदिइ दिल्लीमा बुझाएको आरोप लगाएका छन् । ठाकुरले कमल थापाजीले हामीलाई यहीँ दिनुपर्ने ती तीन बुँदा दिल्लीबाट प्राप्त गरियो भनेका छन् । ‘कमल थापाजीले हामीलाई यहीँ दिनुपर्ने ती तीन बुँदा दिल्लीबाट प्राप्त गरियो’ ठाकुरले भने ‘हाम्रो आन्दोलनबारे भारतमा छरिएको भ्रम तोड्न हामी गएका थियौँ । यसमा मध्यस्थताको कुरा कसरी आयो र ? आन्तरिक समस्या यहीँबाट टुंगो लगाउने हो ।’ उनले आफुहरुले सरकारसँग ११ बुँदे मागबारे प्याकेजमा छलफल गर्ने र सहमति गर्ने प्रयत्न गरिरहेको भन्दै त्यो कुरा प्रधानमन्त्रीसहितको बिहीबारको वार्तामा पनि उठेको बताए । उनले भने ‘त्यहाँ पनि हामीले प्याकेजमै कुरा गरौँ भनेका छौँ । अहिलेको आन्दोलन नगदमै टुंगो लगाउनुपर्छ । उधारोमा सहमति गर्ने पक्षमा छैनौँ ।’ आजको नयाँ पत्रिका दैनिकले तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग लिएएको अन्तर्वार्ता छापेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्