नेभिगेशन
अन्य

सगरमाथा ५० वर्षयताकै सबैभन्दा तातो

काठमाडौं । विश्‍वकै सर्वोच्च चुचुरो सगरमाथा ५० वर्षयता सबैभन्दा तातो भएको छ। चिनियाँ वैज्ञानिकहरूले हालै गरेको अध्ययनअनुसार सगरमाथा आसपासमा रहेका हिमनदीसमेत साँघुरिएका छन्। चाइनिज एकेडमी अफ साइन्स र हुनान विज्ञान तथा प्रविधि विश्वविद्यालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हिमनदी साँघुरिँदा तिब्बततर्फ बग्ने नदीनालासमेत संकटमा पर्नसक्ने देखिएको छ। तापक्रम मापन यन्त्रले उपलब्ध गराएका तथ्यांक विश्लेषण गरी यस्तो तथ्य सार्वजनिक गरिएको वैज्ञानिकहरूले बताएका छन्। सगरमाथा वरिपरिको क्षेत्रमा भने तुलनात्मकरूपमा वातावरणीय अवस्था सुध्रिएको वैज्ञानिकहरूको निष्कर्ष छ। ‘वरिपरि हरियाली बढेको छ र पारिस्थितिक प्रणालीमा सुधार आएको छ,’ वैज्ञानिकहरूले भनेका छन्। विश्वमा बढिरहेको तापक्रमको असर सीधा हिमाली क्षेत्रमा परेकाले उच्च हिमाली भेगसमेत तातिन थालेको उनीहरूको निष्कर्ष छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्