नेभिगेशन
अन्य

अघोषित नाकाबन्दीबारे भारत सरकारको तीव्र आलोचना

काठमाडौं । नेपालमाथि लगाइएको नाकाबन्दीका कारण भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारको चर्को आलोचना भएको छ। भारतीय राज्यसभामा सोमबार नेपालसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि बहस गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस, जनता दल युनाइटेड, बिजु जनता दल र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका सभासद्ले नेपालमाथि लगाइएको नाकाबन्दी र भारत सरकारको नेपाल नीतिको चर्को बिरोध गरेका हुन्। तीन घण्टासम्म चलेको बहसमा राज्य सभाका सदस्यहरुले नेपालको संविधान निर्माण, सार्वभौमसत्ता र आन्तरिक राजनीतिमा हस्तक्षेपसँगै प्रधानमन्त्री मोदीले नाकाबन्दी लगाएको भन्दै त्यसलाई तत्काल हटाउन माग पनि गरे। कांग्रेसका सभासद् मणिशंकर ऐयरले अहिले नेपालमा भारतले नभई नरेन्द्र मोदी नेतृत्वको सरकारले नाकाबन्दी लगाएको बताए। उनले नेपालको संविधानबारे भारतले दिएको सुझावलाई बाध्यात्मकरूपमा लागू गर्नैपर्छ भन्ने मोदी सरकारको नीति उचित नरहेको पनि बताए। नेपालका मधेसीले संविधान बहिष्कार गरेको भनाइप्रति उनले आपत्ति जनाए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्