नेभिगेशन
अन्य

नेपसीटीको फुटसल र सहयोगी हात

सिड्नी । कुरा सन २००७ तिरको हो , आपसी सहकार्यमा जुटेका एक हुल नेपाली युवा मेलवर्नमा खेलकुदमा रमाउन थाले । बिशेषगरी बास्केटबललाई रोजाइमा राख्ने यी युवाहरुको बिचको समानता भनेको खेलकुद लाई अगाडि बढाउने सोच थियो । प्रवासमा मिलेर बास्केटबल लगायतका खेलमा सहकार्य गर्ने उनिहरुको मुल उद्देस्य थियो । यो युवा टोलीले सन २००८मा बास्केटबल प्रतियोगिता आयोजना गरेर आफुलाई संगठित पार्ने प्रयास गरेको थियो । यो प्रतियोगितासँंगै नाम पनि जुर्यो त्यो टीमको , नाम रह्यो नेपसीटी बलर्स । नेपाली समाजको संस्कृती बनिसकेको खेलक्षेत्रलाई अगाडि बढाउने नेपसीटीको उद्देस्यले मुर्तरुप लिदै गर्दा फाइभ ए साइट फुटबल प्रतियोगिताको साइत जुर्यो । nepसन २०१२मा नेपसीटीले प्रथम पाइभ ए साइट फुटबल प्रतियोगिताको सफलता पुर्वक आयोजना गरेर आफुलाई खेलकर्मीहरुको प्रभावशाली संगठनका रुपमा परिचय गरायो । सन २०१२मै सत्यसाइराम बालगृहका लागि खानेपानी र पठन पाठन सामाग्रीको सहयोग गरेर नेपसीटी ब्वाइजले समाजसेवामा समेत आफुलाई अगाडि बढायो । हाम्रो कोसीस एउटा प्रयाश भन्ने नाराका साथ अगाडि बढेको नेपसीटीले सन २०१३को फुटसलवाट प्राप्त रकमलाई पशुपती बिद्याश्रम, एजिइङ नेपाल अनि त्रिनेत्र फाउन्डेसनलाई लगायतका संस्थालाई करिब दुइ लाख बराबरको सहयोग गर्यो । सन २०१४मा कोलन क्यान्सरको जनचेताना नगाउने अभियान र बीपी कोइराला मेमोरियल हस्पीटललाई ह्वीलचियर बाडेको नेपसीटीले सन २०१५को आफ्नो नित्यकर्मलाई यसपटक पनि जारी राखेको छ । यही डिसेम्बर १३ तारिख आइतबारको दिन न्यु होराइजन नेपसीटी फुटसल प्रतियोगिता मेलवर्नमा आयोजना हुदैछ । यसको सम्पुर्ण तयारी भइसकेको कुरा नेपसीटी ब्वाइजका अध्यक्ष दिपु गुरुङले बताए । खेलकुदको माध्यमवाट प्रवासमा छरिएर रहेको नेपालीबिच एकता कायम गर्नु यसको मुख्य उद्देस्य भएको र यसका सहयोगी हातहरुलाई अगाडि बढाउनु हाम्रो कर्म हो , दिपुले नेपसीटीको योजना सुनाए । यस पटक नेपसीटीको आयोजनामा न्यु होराइजन एन्ड एजुकेशन सोलुसनले प्रयोजनको मुख्य भुमिका निर्वाह गरेको छ भने काठमाडौ कटेज र ओजे फाइनान्सले पनि सहयोग गर्ने पक्का भएको सचिव अन्जन राइले बताए । प्रतियोगिता दुइ वर्गमा बािडएको एउटा खुला र अर्को ३५ बर्ष माथिको हुने नेपसीटीका उपाध्यक्ष खेम गुरुङले बताए । नेपसीटीको यो प्रतियोगिताका विजेतालाई ट्रफी , नगद पुरस्कार र प्रमाणपत्रको ब्यबस्था रहेको कोषाध्यक्ष मिलन गुरुङले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्