नेभिगेशन
अन्य

पूर्वराजाको परिवार बिदा मनाउन थाइल्याण्ड जाँदै

काठमाडौं । मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व राजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ । पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन् । मंसिर अन्तिम साता हिमानीले छोरीद्वय पूर्णिका, कीर्तिका र छोरा ह्रदयेन्द्रलाई लिएर थाइल्याड जान लागेकी हुन् । उनी गएको केही दिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह पनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्