नेभिगेशन
अन्य

तातोपानी खुल्न अझै दुई महिना

काठमाडौं । नेपाल र चीनबीचको महत्त्वपूर्ण सीमानाका तातोपानी खुल्न अझै दुई महिना लाग्ने भएको छ । ल्हासास्थित नेपाली महावाणिज्य दूतावासमार्फत चीनले यस्तो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार आगामी जनवरी अन्तिम सातासम्ममा उक्त नाका सुचारु हुने सम्भावना बढेको छ । ‘चीनको धारणा नआउन्जेलसम्म नाका नै सञ्चालनमा नआउने शंका थियो । अब द्विविधा हटेको छ,’ स्रोतले भन्यो । भूकम्पका कारण खासातर्फको भौगोलिक अवस्था निकै कमजोर भएकाले तत्काल खोल्न नसकिएको लिखित जानकारी महावाणिज्य दूतावासमार्फत परराष्ट्र मन्त्रालयमा आइसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्