नेभिगेशन
अन्य

मधेशी मोर्चा, सरकार र कांग्रेस बीच बालुवाटारमा त्रिपक्षीय वार्ता जारी

काठमाडौं । मधेसी मोर्चासहितको त्रिपक्षीय वार्ता बालुवाटारमा सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि ओली पहिलो पटक मधेसी मोर्चासँगको वार्तामा बसेका छन् । वार्तामा प्रमुख विपक्षी कांग्रेसका सभापति सुशील कोइरालासहितका नेताहरु छन् । सत्तारुढ दलहरुको तर्फबाट प्रधानमन्त्री ओलीका साथै एमाओवादी अध्यक्ष प्रचण्ड, फोरम लोकतान्त्रिकका अध्यक्ष वियय गच्छदारसहितका नेताहरु सहभागी भएका छन् । मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरु छन् । मोर्चामा आवद्ध अन्य तीन दलका अध्यक्षहरु भने वार्तामा छैनन् । बालुवाटारमा वार्ता चलिरहँदा उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादवसहितका मधेसी मोर्चाका नेताहरु बिराटनगरमा आन्दोलनको रणनीति बनाउँदैछन् । नेताहरुका अनुसार यो बैठकमा १० दिने केन्द्रीय स्तरको आन्दोलनका कार्यक्रम घोषणा गर्ने सम्भावना छ । बिराटनगरमा आन्दोलनको रणनीति बनाउने वार्तामा महन्थको पार्टीका सर्वेन्द्रनाथ शुक्ला सहभागि छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्