नेभिगेशन
अन्य

‘मुलुकको राजनीतिक घटनाक्रम तरल र अप्ठ्यारो अवस्था’

काठमाडौं । नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ‘तरल र अप्ठ्यारो’ अवस्था रहेको विश्लेषण गरेको छ। झन्डै एक सय दिनदेखि तराई–मधेसमा भइरहेको आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन सक्ने उल्लेख छ। नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ मिलेटरी इन्टेलिजेन्स ९डीएमआई० ले तयार पारेको प्रतिवेदनमा सुरुआती दिनमा तराई–मधेसमा चलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहे पनि अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि उल्लेख छ। कतिपय स्थानका विरोध र आन्दोलनका कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ। तराई–मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी अवस्थामा रहेको स्रोतले बतायो। तराई–मधेसका समस्या नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक धारणा आइरहेका बेला आइतबार सैनिक मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्