नेभिगेशन
अन्य

सिड्नीको अर्वनमा साइनोको स्वाद

सिड्नी । नेपालीमा साइनोको अर्थ हुन्छ नाता जोड्नु । यतिखेर सिड्नीमा कर्म गरिरहेका दुइ नेपाली युवा सुरज सुनुवार र लाक्पा शेर्पा नेपाली स्वाद पस्केर हाम्रो समाजमा नयाँ साइनो अर्थात नाता जाडने अभियानमा जुटेका छन । पुरानो नाममा नया काम देखाएर नेपाली स्वाद पस्कने जर्मकोमा लागेका यी दुइ नेपाली युवा यतिखेर साइनो रेस्टुरेन्टसंग नाता जोडेर ब्यवसायमा होमीएका छन । ‘मुलुकको प्रतिनीधित्व धेरै कुराले गर्दछ । त्यो मध्ये एउटा आफ्नो देशका खानाको मौलिक स्वादले मुलुकको पनि प्रतिनिधित्व गर्छ , परिकारले प्रवासमा रहेकाहरुलाई आफ्नो घरको साइनो पनि परिकार र स्वादले जोडीन्छ ,यसै कारण यो रेस्टुरेन्ट ब्यवसायमा होमिएका हौं,’ सुरजले बताए । सिड्नीको बाक्लो नेपाली बस्ती भएको काउन्सिलका रुपमा परिचित अर्वनको रेल्वे स्टेशन अगाडि रहेको साइनो रेस्टुरेन्ट भर्खरै एक साताअघि मात्र उनिहरुले किनेका हुन । अर्काको लागि काम गर्दा गर्दै वाक्क भएका यी नेपाली युवा यतिखेर आफुले नै केहि गर्नुपर्छ भनेर यो ब्यबशायमा आएको बताउछन ।33 करिब ८० जना ग्राहकलाई एकै पटक सर्भिस दिन सक्ने साइनोको बिशेषता भनेको नेपाली तथा भारतिय स्वादका खानाहरुनै हुन,खानाका पारखी लाक्पा शेर्पाले सुनाए । तन्दुर रोटी , थकाली खाना अनि मम, चाउमिन तथा तिब्बतप्यन स्वादहरु प्नि साइनोका नया बिषेशता हुन । नेपाली समाज बाक्लीदै जांदा हाम्रो स्वाद खोज्नेहरुको भिड पनि बढेको महसुस गरेको कारण यो पेशामा लागेको शेर्पाले बताए । सानोतिनो पार्टी तथा भोजको लागि उपयुक्त स्थानका रुपमा साइनो रहेको र आगामी दिनमा बार्बीक्युको ब्यवस्थापन गर्न लागेको सुरजले बताए । 22यो ब्यवशायमा सुरजकी पत्नी सृजना सुनुवार र लाक्पाकी श्रीमती निमा शेर्पाले पनि उनिहरुलाई सहयोग गरिरहेका छन । ‘स्वादीष्ट खाना र आतिथ्यतानै हाम्रो पहिलो उद्देस्य हुने छ , किनभने ग्राहकलाई सुलभ मुल्यमा उत्तम भोजनको सेवा दिन सकेमा मात्र यो ब्यवशाय सफल हुनसक्छ,’ सुरजले आफ्नो उद्देस्य प्रष्ट पारे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्