नेभिगेशन
अन्य

सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिकामाथि प्रश्न चिन्

ह काठमाडौं । प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्ना नेतालाई संसदमा बोल्न नदिएको बिषयलाई लिएर सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएको छ । सत्ता गठबन्धन दलहरुको साठगाँठका आधारमा बिहीबारको संसदमा संसदीय परम्पराविपरीत प्रतिपक्षी एवं सबभन्दा ठूलो दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेका हुन् । सभामुख घर्तीले विहिबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि विवाद भएको हो । बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनु पर्ने माग राख्दै उठेका थिए । तर, सभामुख घर्तीले यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले संसदीय मुल्य र मान्यताविपरीतको अभ्यास भएको भन्दै संसदमा होहल्ला गरी बैठक चल्न दिएनन । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्