नेभिगेशन
अन्य

एकै दिन प्रधानमन्त्रीले दाहालसँग तीन पटक भेटे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मधेसी मोर्चाका माग सम्बोधनलगायत विषय छिटो टुंग्याउन सत्तासाझेदार दलहरूसँगको छलफललाई तीव्रता दिएका छन् । उनले बुधबार नै तीन पटक एमाओवादी अध्यक्ष पुष्कमल दाहालसँग कुराकानी गरेका छन् । उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजकसमेत रहेका दाहाल र उपप्रधानमन्त्री विजयकुमार गच्छदारसँग प्रधानमन्त्रीले छलफल गरेका थिए । त्यसपछि दिउँसो र साँझ दुई पटक दाहाल र प्रधानमन्त्री ओलीबीच भेटघाट र कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले दाहालले अघि सारेका सहमतिका विकल्पमा कांग्रेस र मधेसी दलहरू तयार हुने हो भने आफू त्यसका लागि बाधक नबन्ने सन्देशसहित छलफल अघि बढाउन आग्रह गरेको स्रोत बताएको छ । ओलीले उच्चस्तरीय समितिका संयोजक दाहाललाई सत्तारूढ दलका तर्फबाट वार्ता अघि बढाउने जिम्मेवारी दिएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्