नेभिगेशन
अन्य

प्रधानमन्त्रीको भोजभतेरमा साढे १२, पत्रपत्रिकमा साव लाख खर्च

काठमाडौ । भारतको नाकाबन्दी र मधेस आन्दोलनका कारण इन्धन अभावले गरिब जनताको चुलो बल्न छाडेका बेला प्रधानमन्त्री केपी ओलीले आफ्नो बालुवाटारस्थित निवासमा भोजभतेर र खाजानास्तामा मात्र लाखौं फजुल खर्च गरेको खुलासा भएको छ । उनले कात्तिक महिनामा मात्र भोजभतेर र खाजा नास्तामा १२ लाख ६१ हजार १ सय ८९ रुपैयाँ खर्च गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा भुक्तानीका लागि सार्वजनिक बिलमा ुप्रधानमन्त्री निवासमा विभिन्न मितिमा बसेको बैठकमा भएको उक्त खर्च उल्लेख छ । जसअनुसार भोजभतेर र खाजानास्ता अनमोल क्याटरिङ सर्भिस प्रालिले आपूर्ति गरेको छ । प्रधानमन्त्री कार्यालयले ओलीका लागि भन्दै १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पल आइप्याडसमेत खरिद गरेको छ । आइप्याड ग्लोबल लिंक टेक्नोलोजी प्रालिबाट खरिद गरिएको वेबसाइटमा उल्लेख छ । यसैबीच धानमन्त्री केपी ओलीले कार्यालय र निवासका लागि कात्तिक महिनामा मात्र १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । आचार्य ट्रेडर एन्ड सप्लायर्स प्रालिबाट ओलीका लागि उक्त रकमका पत्रपत्रिका खरिद गरिएको हो । जबकि, कात्तिकमा दसैं(तिहार परेकाले पत्रपत्रिका कमै निस्किएका थिए । कुन(कुन पत्रिका कति परिमाणमा किन्दा यति ठूलो रकम खर्च भएको हो भन्ने वेबसाइटमा उल्लेख छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्