नेभिगेशन
अन्य

मध्यरातमा सिन्धुपाल्चोकमा पराकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको बरम्ची नजिकै केन्द्रविन्दु बनाएर मध्यरातमा ४.१ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको छ । राति १२ बजेर ४२ मीनेट जाँदा बरम्ची नजिकै केन्द्रविन्दु बनाएर पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि मंगलबार साँझ दुई पटक पराकम्पन गएको थियो । साँझ पाँच बजे नुवाकोट केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो भने ६ बजेर ९ मीनेट जाँदा गोरखा केन्द्र विन्दु बनाएर ४.४ रेक्टर स्केल म्याग्नेच्यूटको पराकम्पन गएको केन्द्रले जनाएको छ । गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ४१० भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरको वेबसाइटमा जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्